नेपाल राष्ट्र बैंकले आज (सोमबार) दिउँसो साढे १ बजेसम्मका लागि बैंक खोल्न निर्देशन दिएको छ।
सरकारले ९फागुन १० सार्वजनिक बिदा दिएको भए पनि १० बजेदेखि दिउँसो १स्३० बैंकहरु खोल्नका लागि राष्ट्र बैंकले निर्देशन दिएको हो।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। यसबारे गृह मन्त्रालयले सूचना समेत जारी गरिसकेको छ।
बैंकले सूचना जारी गर्दै भनेको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९र१०र२९ को निर्णयानुसार मिति २०७९र११र०१ गते सोमबारका दिन जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा रहेको व्यहोरा जानकारी गराइन्छ।
उक्त दिन नगद कारोबार, चेक क्लियरिङलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न विहान १०स्०० देखि अपराह्न १स्३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुहुन यो सूचना जारी गरिएको छ।’
राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिएको भए पनि उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ।




