नेपालमा नेपाली कांग्रेसमार्फत आफ्नो कठपुतली सरकार बनाउन उद्धत भारतले भारतीय बाम बुद्धिजीवी एसडी मुनीमार्फत नेपालको भावी राष्ट्रपतिका रुपमा चार जना पुर्व कांग्रेसी नेताहरुको नाम सार्वजनिक गरिसकेको अवस्थामा त्यो भारतीय योजना विफल पार्ने नेकपा एमालेले अर्को पासा फालेको समाचार स्रोतहरुले जानकारी दिएका छन्।
आज भारतीय बुद्धिजिबी एसडी मुनीमार्फत भारतले नेपालको राष्ट्रपतिमा नेपाली कांग्रेसका चार जना पूर्व नेताहरु देबेन्द्रराज पाण्डे, प्राध्यापक लोकराज बराल, दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम सार्वजनिक गरेको छ। नेपाली कांग्रेस मार्फत आफ्नो योजनालाई कार्यान्बयन गरिरहेको भारतले राष्ट्रपतिमा आफ्नो समर्थन प्राप्त नेपाली कांग्रेसका पूर्व नेताहरु मध्येबाट राष्ट्रपति बनाउने संकेत गरेको छ। अस्थिर मनस्थितिका प्रधानमन्त्री एबम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतले प्रयोग गर्न खोजेको जस्तो देखिएको छ। यदि भारत आफ्नो यस योजनामा सफल भएमा नेपालमा भारतकै समर्थन प्राप्त कठपुतली सरकार बन्नेमा दुई मत छैन।
यदि नेपालमा नेपाली कांग्रेसको नेतृत्वमा भारतीय कठपुतली सरकार बन्ने अवस्था सिर्जना भएमा आफ्नो पार्टी र मुलुकको भबिष्य अन्धकार देखेको नेकपा एमालेले अस्थिर मनस्थितिका प्रचण्डलाई नै लक्ष्यित गरेर आज बिहान अर्को पासा फालेको समाचारस्रोतहरु बताइरहेका छन्। समाचारस्रोत भन्छ,”एमाले अध्यक्ष ओलीले आज बिहान प्रम प्रचण्डसमक्ष भावी राष्ट्रपतिमा डा। बाबुराम भट्टराई वा माधव कुमार नेपाललाई समर्थन गर्न सकिने संकेत गरेका छन्।”
वास्तवमै एमाले अध्यक्ष ओलीले भावी राष्ट्रपतिको उम्मेदवारका रुपमा डा. बाबुराम भट्टराइ र माधव कुमार नेपाललाई अघि सारेका हुन् भने प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि धर्मसंकट पर्ने देखिएको छ। यदि नेकपा एमालेले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख लगायत सबै कार्यकारी प्रमुख पदहरु कब्जा गरेमा नेपालमा एमालेको वर्चश्व कायम हुर्ने उनीहरुको भाषामा भन्नुपर्दा प्रतिगमन हुने बुझेको माओवादी केन्द्रले त्यो हुन् नदिन राष्ट्रिय सहमतिमा नै राष्ट्रपति चयन हुनु पर्ने अडान लिईरहेको छ। त्यसका लागि माओवादी केन्द्र नेपाली कांग्रेससंग गठबन्धन अघि बढाउने पक्षमा उभिएको छ। त्यसका लागि उसले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा बिजयी बनाउने निर्णय गर्ने बाटोमा अघि बढिरहेको छ।
यदि राष्ट्रिय सहमतिको नाममा नेपाली कांग्रेससंग माओवादी केन्द्रले नयाँ गठबन्धन बनायो अर्थात गएको पुष १० गते अघिको गठबन्धनलाई निरन्तरता दिने पक्षमा पुग्यो भने अहिले सभामुख, प्रदेश सरकार लगायत बिभिन्न नियुक्तिहरूमा हाबी देखिएको नेकपा एमाले प्रतिपक्षमा पुग्नेछ। हाल रहेको आफ्नो बर्चश्वलाई कायम राख्न एमाले अध्यक्ष ओलीले राष्ट्रपतिमा डा। भट्टराईलाई राष्ट्रपतिमा अघि सारेको हुनसक्ने धेरैको बुझाइ छ।
एमालेले राष्ट्रपतिको रुपमा उम्मेदवार स्वीकार गर्न सक्ने भनेर संकेत गरेका डा। भट्टराइको नेपाल समाजवादी पार्टी र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी बीच पार्टी एकीकरण गर्ने अन्तिम तयारी भैरहेका समाचारहरु सार्वजनिक भैरहेका छन्। आफ्नो पार्टीसंग एकीकरण नै गर्न लागेको पार्टीका नेतालाई राष्ट्रपति बन्न दिने कि भारतको समर्थन प्राप्त पूर्व कांग्रेसी नेतालाई समर्थन गर्ने भन्ने बारेमा पक्कै पनि प्रम प्रचण्डलाई धर्मसंकट पार्ने धेरैको बुझाई छ। त्यस अवस्थामा प्रचण्डले कुन बाटो अपनाउछन त्यो भने हेर्न बाँकी नै छ।




