मर्सिसाइड डर्बीमा एभर्टनले उत्कृष्ट खेल प्रदर्शन गर्दै लिभरपुललाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । एन्फिल्डमा लिभरपुल एभर्टनसँग हारेको सन् १९९९ पछि पहिलो पटक हो
एभर्टनको जीतमा रिचार्लिसनले खेलको तेस्रो मिनेटमा नै गोल गरे भने खेलको अन्त्यतिर जिल्फी सिगर्डसनले पेनाल्टीबाट गोल गर्दै एभर्टनको जीत सुनिश्चित गरे ।
डर्बीमा एभर्टनले लिभरपुललाई हराएको सन् २०१० पछि पहिलो पटक हो भने लिभरपुलले आफ्नो घरेलु मैदानमा लगातार चार खेल हारेको सन् १९२३ पछि पहिलो पटक हो ।
डर्बीमा एभर्टनले लिभरपुललाई हराएको सन् २०१० पछि पहिलो पटक हो भने लिभरपुलले आफ्नो घरेलु मैदानमा लगातार चार खेल हारेको सन् १९२३ पछि पहिलो पटक हो ।
शनिबार नै भएको अन्य खेलमा चेल्सी साउथह्याम्पटनसँग अंक बाँड्न बाध्य बन्यो । टाकुमी मिनामिनोले साउथह्याप्टनलाई अग्रता दिलाए पनि मेसन माउन्टले दोस्रो हाफमा पेनाल्टीबाट चेल्सीका लागि बराबरी गोल फर्काए ।
योसँगै साउथह्याम्पटनले लगातार ६ खेलमा पराजयको श्रृङ्खला अन्त्य गरेको छ । बराबरीपछि चेल्सी लिगको चौथो स्थानमा रहेको छ । साउथह्याम्पटन लिगको १३ औँ स्थानमा रहेको छ ।




