चैत्र, २४ पोखरा ।
सार्वजनिक सम्पती मिचेर संरचना बनाए डोजर लिएर आउछुः अध्यक्ष कार्की
पोखरा महानगरपालिका वडानम्बर १४ का अध्यक्ष बोध बहादुर कार्कीले
मापदण्ड मिचेर संरचना बनाए भत्काइदिने चेतावनी दिएका छन् । हवेली
मार्ग हुदै मान्द्रेढुङ्गा जाने ढलान बाटोको शुक्रबार उद्याटन गदै
वडाध्यक्ष कार्कीले कानुन विपरीत काम गरेमा खरो रुपमा उत्रने चेतावनी
दिएका हुन् । जनताको दुखःसुखमा सथै छु
, समस्या लिएर आउनुहोस् आफ्ना
वडावासीहरुलाई सहज रुपमा फछ्यौट गर्छु
, तर सार्वजनिक सम्पतीमा हुने
हस्तक्षप र मिचाह प्रबृतीविरुद्ध निर्मम भएर काम गर्छु
, कार्कीले भने ।
भित्री सडक मर्मत र विस्तारका क्रममा सडक हडपेको पाइएकाले डोजर लिएर
आउनुपर्ने अवस्था सृजना नगर्न आग्रह गरे । घर बनाउदा मापदण्ड मिच्ने,
कम्पाउण्ड र गेट बनाउने गरेको भन्दै कार्कीले नक्सा पास गर्ने बेलामा
कडाई गरिएको बताए ।
वडामा २५ करोड बरावरको बजेट भित्रीएको बताउदै अध्यक्ष कार्कीले
कार्यान्वयनमा गएका योजना सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताए
। १८० वटा भन्दा बढि योजनामा अहिले काम भईरहेको उनले जानकारी
दिए । वडाध्यक्ष कार्कीले योजना नभएको कुनै पनि टोल नरहेको दाबी
गरे ।
उपभोक्ता समितिले काम गर्दा गुणस्तरमा ध्यान दिन पनि उनले आग्रह
गरे । कमसल काम भएको जानकारी भए कुनै पनि योजनाको सम्पन्नतामा
हस्ताक्षर नगर्ने कार्कीले बताए ।
उक्त अवसरमा कालिका क्याम्पस अगाडीको हवेली मार्ग ढलानमा
उपभोक्ता र वडाको सहलगानीमा बाटो ढलान गरिएको उपभोक्ता
समितिका सचिव किरण अधिकारीले जानकारी दिए । वडाको २० लाख र
उपभोक्ताले ३ लाख ५४ हजारको सहलगानीमा २०८ मिटर बाटो ढलान
गरिएको अधिकारीले बताए ।
उपभोक्ता समितिका अध्यक्ष देव बहादुर कार्कीले हवेली मार्ग हुदैँ
मान्द्रेढुङ्गासम्म जोड्ने सडक ढलानका लागि बजेटको व्यवस्था गर्न माग
गरे ।




