बस बहादुर शेर्पा (बसन्त) हट एण्ड स्पाइसीझको २२ औं शाखा पोखरा ५ पर्स्याङमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

हट एण्ड स्पाइसीझका संस्थापक अध्यक्ष ज्ञान बहादुर गुरूङले स्वाद,स्वस्थ र समाजका लागि धूम्रपान तथा मध्यपान निरूत्साहित र युवा स्वरोजगारलाई प्राथमिकता दिने बताउनुभयो । गुरूङ करिब १० बर्ष दुबईमा सेफको रूपमा काम गर्नु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि वडा नं ५ का अध्यक्ष बिष्णु प्रसाद बराल अहिलेको समयमा पनि युवाले गरेको कामको सहयोग र प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा हट एण्ड स्पाइसी पर्स्याङ शाखाका संचालक अरूण गुरूङले शुरूवाती चरणमा मट्का चियाबाट भएको र अहिले हट एण्ड स्पाइसीको स्वाद,स्वस्थ र समाजका लागि उपयोगी रहेकाले शाखा खोलेको बताउनुभयो ।
हट एण्ड स्पाइसीझको २२ औं शाखा पोखरा ५ पर्स्याङको शाखा उद्घाटनको कार्यक्रम संचालन हट एण्ड स्पाइसीका संचालक सन्देश गुरुङले गर्नु भएको हो ।




