इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगको खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग १–१ को बराबरी खेले समग्रमा ४–१ को जित निकाल्दै सिटी सेमिफाइनल पुगेको छ । पहिलो लिगमा सिटीले बायर्नलाई आफनो ग्राउण्डमा ३–० ले पराजित गरेको थियो ।
बायर्नको मैदानमा भएको खेलमा एर्लिङ हालान्डले ३७औं मिनेटमा पेनाल्टीमा गोल गर्न असफल भएका एर्लिङ हालान्डले
५७ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
बायर्नका लागि जोसुअ किमिचले ८३औं मिनेटमा पेनाल्टीबाट एक गोल फर्काए ।
सिटीले अब फाइनल प्रवेशका लागि चेल्सीलाई हराएर आएको विजेता स्पेनिस क्लब रियल मड्रिडसँग खेल्नेछ ।




