पोखरा , १२ जेठ । पोखरा महानगरपालिका वडा नं.२८ मा अभिभावकिय शिक्षा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । राइट फर चिल्ड्रेन पोखराको आयोजना र रत्नशोभा माध्यमिक विद्यालयको व्यवस्थापनमा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा राइट फर चिल्ड्रेन का समुदाय सहजकर्ता विष्णु प्रसाद अधिकारीले बालबालिकामा हुने गरेका समस्या तथा भावनात्मक समस्या, सकारात्मक अभिभावक र विद्यालय र अभिभावक विचको सम्बन्धमा सहजीकरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकेदव लामिछानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकी, शिक्षकहरु, अभिभावकहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रममा सहजकर्ता अधिकारीले बालबालिका देखिने समस्या, बालबालिकाको समस्यामा पार्ने प्रभाव लगायतका विषयमा स्लाइड प्रस्तुत गर्दै बालबालिकाको भविष्य निर्माणमा अभिभावकको भूमिक महत्वपूर्ण हुने बताउँदै विद्यालयमा समय समयमा उपस्थित भएर आफ्नो बालबालिकाको पढाइका बारेमा शिक्षकहरुसँग जानकारी लिई बालबालिकालाई दबाब नभइ, हौसला प्रदान गरेर पढाइ प्रति प्रेरित गर्नु पर्ने बताए ।
विद्यालयका सहायक प्रधानाध्यापक उदयराज ओझाले कार्यक्रम मार्थि प्रकाश पार्दे शैंक्षिक क्रियाकलाप सुधार गर्न विद्यालय र अभिभावक विच सुमधुर सम्बन्ध रहनुपर्ने बताए । अभिभावक सल्लाह र सुझाव अनुसार बालमैत्री रुपमा शिक्षण क्रियाकलापलाइृ निरन्तरता दिंदै घरमा बालबालिकालाई निगरानी राख्न पनि अभिभावकलाई आग्रह गरेका थिए भने विद्यालय व्यवस्थापन समिति शिक्षक प्रतिनिधि यदुनाथ पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए ।




