पोखरा रंगशालामा सम्पन्न प्रदेशस्तरीय बक्सिङ प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ । प्रदेश खेलकुद परिषदको आयोजना तथा कास्की जिल्ला बक्सिङ संघको सहअयोजनामा सोमबार सम्पन्न फाइनल खेलमा समग्रमा ७ स्वर्णका साथ कास्की च्याम्प्यिन बनेको हो । ४८ केजी तौल समुहमा कास्कीका दर्शन गुरुङ प्रथम र स्याङजाका आशिस बस्याल दोस्रो भए । ५१ केजी तौल समुहमा कास्कीका अमित दर्जी प्रथम र तनहुँका बिपन गुरुङ दोस्रो भए । ५७ केजी तौल समुहमा कास्कीका समिर थापा प्रथम, स्याङजाका शंकर खनाल दोस्रो भए । ६० केजी तौल समुहमा कास्कीका शिव लम्साल प्रथम, नवलपुरका सागर श्रेष्ठ दोस्रो भए । ७१ केजी तौल समुहमा कास्कीका निशान गुरुङ प्रथम, तनहुँका कुशल कुमाल दोस्रो भए । ७५ केजी तौल समुहमा कास्कीका आयुष तामाङ प्रथम, नवलपुरका सरोज कुमार श्रेष्ठ दोस्रो भए । ८६ केजी तौल समुहमा कास्कीका हिम कुमार गुरुङ प्रथम, तनहुँका सचेत नेपाली दोस्रो भए । महिला तर्फ ५७ केजी तौल समुहमा तनहुँकी प्रियांका गुरुङ तनहुँ प्रथम र नतिसा राना मगर नवलपुर दोस्रो भइन् । ६६ केजी तौल समुहमा कास्कीका जोशिका श्रेष्ठ प्रथम, नवलपुरकी तिर्सना गुरुङ दोस्रो भइन् । प्रतियोगितामा प्रथम हुनेलाई पाँच हजार रुपैयाँ, दोस्रो हुनेलाई तीन हजार र तेस्रो हुनेलाई दुई हजार रुपैयाँ प्रदान गरिएको थियो ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.




