• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

पुन समाजको राष्ट्रिय सम्मेलन पोखरामा सुरु

  •  संवाददाता
  • शनिबार, असार ०९, २०८० मा प्रकाशित
    Advertisement

    बस बहादुर शेर्पा (बसन्त)     पुन समाजको राष्ट्रिय सम्मेलन सुरु हाम्रो अधिकार कटौती स्वीकार्य छैन् : पुन समाज पुन समाजको राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ । पोखरा १० रामघाटस्थित पुन समाजको सभाहलमा एक भव्य समारोहका बीचमा उक्त राष्ट्रिय सम्मेलन सुरु भएको हो । राष्ट्रिय सम्मेलनमा वक्ताहरुले पुनहरुको अधिकार कटौती गर्ने काम गर्नु आफुहरुलाई स्विकार्य नभएको बताए । उनीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले काठमाडौंको एक कार्यक्रममा मगरजाती भएकै कारण मन्त्री बनाएको भन्ने अभिव्यक्तिको विरोध गर्दै एक जाती भएकै कारण त्यसो भन्नु गलत भएको बताए । उनीहरुले पुन समाजलाई समेत जातीय सूचीमा राखेकोमा खुसी व्यक्त गरेका छन् । राष्ट्रिय सम्मेलनको उद्घाटनपश्चात बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य खम बहादुर गबुर्जा पुनले प्रधानमन्त्रीले संविधानविरुद्ध बोल्ने अधिकार नभएको र आफुले संसदमा उक्त कुरा जोडदार तरिकाले उठाउने बताए । आफु सत्तापक्षकै सांसद भएपनि आफ्नो समाजको विषयमा र अधिकार खोज्ने विषयमा पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे । ‘म पनि सत्तापक्षकै सांसद हुँ । तर जसले जे गरेपनि त्यो हेरेर बस्न सकिदैन । प्रधानमन्त्री ज्युले संविधानविरुद्ध बोल्ने अधिकार छैन । जनताको आवाज बोल्ने ठाउँ प्रतिनिधि सभामा हो त्यहाँ मैले जोडतोडले आवाज उठाउनेछु त्यसमा तपाईँहरु ढुक्क हुनुस’ उनले भने । यस्तै राष्ट्रि तथ्यांक विभागले पुनका लागि निकै राम्रो कदम चालेको र त्यो कदम प्रसंशनीय योग्य रहेको उनको भनाई छ । संविधानमै टेकेर तथ्यांक निकाल्दै पुन समाजलाई समेत आदिवासी जनजाती बनाउनु खुसीको कुरा रहेको सुनाए । राष्ट्रिय आदिवासी जनजाती महासंघ केन्द्रिय अध्यक्ष चन्द्रसिंह गुरुङले समास्या र सवाल बोकेका जाती एक भएर अघि बढिरहेको बताए । उनले हिमाल पहाड र तराईका धेरै समाज विशेषगरी आफ्नो पहिचान नभएका कारण उनले सुनाए । आफुहरुले राज्यमा अधिकार नपाएको र राज्यसत्तामा पहुँच नपुगेको उनको भनाई थियो । राज्यसत्तामा पहुँच पुर्‍याउनका लागि एक भएर अघि बढिरहेको र तथ्यांकमा केही कुरा छुटपुट भएतापनि वर्षौ लगाएर तथ्यांक निकालेको कुरा सकरात्मक लिएको बताए । केही समाजको विरोध र राज्यपक्षबाटै तोडमोड गर्ने खेल गरेको कारण राज्यपक्षसँग प्रश्न गर्नुपर्ने उनको भनाइ छ । सामन्तवादी सोँच भएका व्यक्ति अहिलेको राज्यसत्तामा रहेको उनले आरोप लगाए । आजको राज्यसत्ता आदिवासी जनजातीकै योगदानका कारण आएको उनले बताए । पहिचानको खोजी गर्दा आफुहरुले कसैको विरोध नगरेको खाली आफ्नो अधिकार मात्रै मागेको धारणा व्यक्त गरे । समानताको हक दिएको र सोही अधिकार मात्र खोजेको उनले बताए । ‘हामीले समानताको अधिकार मात्र खोजेका हौं । हामीले कसैको विरोध गरेका छैनौं’ उनले भने, ‘अहिलेको तथ्यांकमाथि कुनै तलमाथि भयो भने हामी सहेर बस्नेवाला छैनौं ।’ पुन समाजका निवर्तमान अध्यक्ष प्रताप पुर्जा पुनले आफुले पहिला नै उठाएको पुनको अधिकारको कुरा अहिले मिडिया र बजारमा चर्चा भएको बताए । उनले हाल पुनको अधिकार कटौती गर्ने काम भइराखेको र यो काम रोकिनुपर्नेमा जोड दिए । उनले पुनहरु कोहि नभएको र चार पाँच जना पुनले उक्सुकाएको भन्ने खालको धारणा केन्द्रस्तरमा देखिनु गलत भएको र त्यसलाई सुधार गर्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा मगर भएकै कारण मन्त्री बनाएको भन्ने कुराको विरोध गर्दै अब पुनहरु औलामा गन्ने स्थिति नरहेको बताए । पुनहरुको अधिकारको संरक्षण गर्ने अधिकार पुनकै रहेको र अन्य कसैको नरहेको बताए । पुनको अधिकार गुम्नुको पछाडी पुनहरु पार्टीको निर्देशनमा हिड्नु रहेको उनले बताए । उनले अब अधिकारका लागि पार्टीभन्दा माथि उठेर बुद्धि विवेकले एक हुन अनुरोध गरे । राष्ट्रिय सौन्दर्यकर्मी महासँघ अध्यक्ष मिना गुरुङले धर्म संस्कृति परम्परालाई एकृकित भएर अगाडी बढाउनेमा विश्वास व्यक्त गरिन् । उनले मानिसको सबैभन्दा ठुलो धर्म मानव धर्म रहेको र त्यसमा पुन उनले देश विकासका लागि समेत योगदान गर्ने बताइन् । मौलिक संस्कृति र धर्मको पहिचानका लागि एक जुट भएको बताइन् । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य खमबहादु गर्बुजाले दिप प्रज्वलन गरि गरेका थिए । २०७८ तथ्यांकअनुसार पुन जाती छुट्टै जातीको रुपमा तथ्यांकित गरेको खुसीयालीमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो । कार्यक्रममा पुन जातीको संस्कृतिसँग जोडिएका तृत्यहरु समेत प्रस्तुत गरिएको थियो । पुन समाज नेपालका केन्द्रीय अध्यक्ष भीमबहादुर फलामी पुनले जातीय पहिचानको लडाइँमा सफलता मिलेको बताए । ‘पुन समुदायलाई मगरको कित्तामा राखेर अहिलेसम्म हामीलाई झुक्याउने खेल खेलियो’, उनले भने, ‘बल्ल हाम्रो माग सरकारले सुनेर जातजातिको सूचीमा सूचीकृत गरेको छ ।’ पुन समुदायको संस्कृति लोभलाग्दो रहेको भन्दै उनले पुख्र्यौली नाच र नौमती बाजा जोगाउन आवश्यक रहेको बताए ।

    शनिबार, असार ०९, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.