पृथ्वी राजमार्गको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोला नजिकै खसिरहेको पहिरो अझै रोकिएको छैन । पहिरो नरोकिएपछि पहिरो पन्छाउने काम सुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी विजयराज पण्डितले जानकारी दिए ।
बिहिबार दिउसो एक बजेदेखि पहिरो खस्न थालेकोमा पहिरो खस्ने क्रम अझै नरोकिएको र पहिरो रोकिने वित्तिकै पहिरो पन्छाउन मेशिनहरु तयारी अवस्थामा राखेको पण्डितले बताए ।
यता पहिरो हटाउन तयारी अवस्थामा रहेका डोजर अपरेटर शम्भु बैठाले पहिरो झर्ने क्रम नरोकिएकोले पहिरो हटाउन अझै शुरु गर्न नसकिएको जानकारी दिएका छन् ।




