• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   सोमबार, भदौ २२, २०८३ | Monday 7th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • २ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • २ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • २ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • २ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

भारतसंग सिधा उडान र कोराला नाका खोल्नु पर्ने पोखराको व्यवसायीहरु सरकारले प्रत्यक्ष वार्ताको नीति अपनाउनु पर्ने

  •  संवाददाता
  • बुधबार, असार २०, २०८० मा प्रकाशित
    Advertisement

    पोखराका पर्यटन ब्यबसायीहरुले पोखरा अन्तरास्ट्रिय बिमानस्थलबाट अन्तरराष्ट्रिय उडान संचालनका लागि सरकारले भारत सरकारसंग प्रत्यक्ष वार्ताको नीति अपनाउनु पर्ने बताएका छन् । आर्थिक आवाजले पोखरामा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सहभागी पोखराका पर्यटन ब्यबसायीहरुले बताएका छन् ।

    पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरेली पर्यटन क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट उडान गर्ने वातावरण सरकारले गर्नुपर्ने बताए । ‘विमानस्थल पनि नाफामा चलाउने वातावरण बनाउनुपर्छ । छिमेकी देशको ग्रीन सिग्नल नहुँदासम्म हुँदैन । यसका लागि सरकारले गोभर्मेन्ट टु गोभर्मेन्ट ९जी टु जी० वार्ता गर्न आवश्यक छ,’ उनले भने । भारतबाट सिधा उडान हुन सके र कोरला नाका खोल्न सके पोखरेली पर्यटन क्षेत्रको विकास हुने बताए ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले व्यवसायीको तर्फबाट आफूहरुले अहिले पोखरा–बंगलादेश उडान गर्न पहल गरिरहेको जानकारी दिए । ‘व्यवसायीले पहल गरेकोमा त्यहाँका विमान कम्पनी खुसी छन् । तर, यसका लागि सरकारले गोभर्मेन्ट टु गोभर्मेन्ट (जी टु जी ) पहल गर्नुपर्छ,’ उनले भने ।

    होटल व्यवसायी पुष्पराज अधिकारीले होमस्टेलाई सरकारले लगानी गर्नु अनुत्पादक भएको जिकिर गर्दै होमस्टेमा गरिएको खर्च ठूलो खर्च गर्ने क्षमताका पर्यटक नेपाल भित्र्याउने वातावरण निर्माणमा सरकार लाग्नु पर्ने बताए । उनले भविष्यको पोखरा कल्पना गरेर अहिल्यै त्यसैअनुसारको पूर्वाधार विकासको तयारी थालिनुपर्नेमा जोड दिए । ‘पछि मेट्रो फ्लाइओभर कहाँ राख्ने भन्ने अहिले नै सोचौं,’ उनले थपे, ‘हामी फूल फुलाउन जोड गरौं मौरी पाल्न होइन । मौरी आफैं आउँछ । महत्वकांक्षा पालौं ।’

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने विषयमा सरकार सकारात्मक देखिएको जिकिर गर्दै त्यसका लागि लगानी बढाउनुपर्ने र पूर्वाधार थप्नेतिर व्यवसायीले पनि सोच्न आवश्यक रहेको बताए । ‘पोखराको खास गुरुयोजना अझै बनिसकेको नसकेको” बताउदै उनले पोखराको विकास र पर्यटनको गुरुयोजना बनाउने काम भइरहेको जानकारी दिए। मेयर आचार्यले लेकसाइडलाई आवसीय क्षेत्र नभई व्यावसायिक क्षेत्र बनाउनेतर्फ व्यवसायीले पनि सोच्न आवश्यक रहेकोमा जोड दिए ।

    एसियाली विकास बैंक,लगायत संस्थासँग मिलेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्म आउन वैकल्पिक मार्ग विकास र यातायात क्षेत्रको सुधारसम्बन्धी कामको थालनी भएको मेयर आचार्यले जानकारी दिए । पोखरा विमानस्थल–फलेपाटन–वन विज्ञान अध्ययन संस्थान पोखरा–बिरौटा हुँदै लेकसाइडसम्म पुग्ने गरेर साढे पाँच किलोमिटर दूरीको वैकल्पिक मार्ग विकासको योजना रहेको उनले सुनाए ।

    नीति तथा योजना आयोग, गण्डकीका उपाध्यक्ष डा.कृष्ण देवकोटाले अहिले फेवाताल घुम्ने नीति अनुसार ‘राउन्ड फेवा, भिउ फेवा’ अवधारणा ल्याइएको बताए । यसले पर्यटकको बसाईं पोखरामा लम्ब्याउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे । प्रदेशको दोस्रो पञ्चवर्षीय योजना बनाउँदा पर्यटन क्षेत्रको गुरुयोजना बनाएर त्यसैअनुसार योजनामा समावेश गर्ने डा.देवकोटाले बताए ।

    कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले पाहुनालाई गर्ने व्यवहार जति राम्रो हुन्छ त्यसले पर्यटकमार्फत सकारात्मक सन्देश प्रवाह भएर पर्यटन क्षेत्रको विकासमा भूमिका खेल्ने बताए । व्यवसायीले सेवा र वस्तुको मूल्य नेपाली र विदेशीलाई धेरै फरक गर्न नहुने उनको भनाइ थियो ।

    बुधबार, असार २०, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.