पोखरा पोखरा फोटोग्राफर संघको आयोजना भएको रक्तदानमा ६० युनीट रगत संकलन भएको छ । संले आफ्नो ४२ औ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । फोटोग्राफर समाजको चित्रण गर्ने काम गर्दै आइरहेको र सामाजिक क्षेत्रमै केहि गर्न पर्छ भन्ने हिसाबले रक्तदान कार्यक्रमको आयोजना गरेको पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोखरेलले जानकारी दिए । पोखरा उद्योग वाणिञ्य संघका अध्यक्ष पवन प्रजापतीले रगत दान गर्नु पुण्यको काम भएको बताए । उनले आफ्नो व्यवसायसँगै सामाजिक उत्तरदायित्व वहन गर्नु राम्रो पक्ष रहेको बताए । कैलाश सहकारीका प्रतिनिधीले ब्यानर, फ्रेम सहितको रक्तदानको प्रमाणपत्र प्रदान गरेको थियो । कैलाश बचत तथा ऋण सहकारी संस्था पोखरा फोटोग्राफर संघमा आवद्ध सदस्यहरुको पहलमा खडा भएको बित्तिय संस्था हो र सहकारीले १२ वर्ष देखीआफ्नै फोटो कलर ल्याव एवं फ्रेम उद्योग सञ्चालन गदैै आएको छ । रिता पौडेलको संयोजकत्वमा बनेको पोखरा फोटोग्राफर संघको महिला उपसमितिले रक्तदान कार्यक्रमको व्यवस्थापन गरेको थियो
पोखरा फोटो ग्राफरसंघको रक्तदानमा ६० युनिट रगत संकलन
पोखरा फोटो ग्राफरसंघको रक्तदानमा ६० युनिट रगत संकलन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




