पोखरा, ८ असार
जिल्ला प्रशासन कार्यालय कास्कीले आज पोखराका पाँचवटा
औषधी पसल अनुुगमन गरेको छ ।
प्रशासकीय अधिकृत दीपक रेग्मी नेतृत्वको टोलीले पोखराको
पृथ्वीचोकस्थित दुईवटा र महेन्द्रपुुलस्थित तीनवटा औषधी पसल अनुुगमन गरेको
हो । टोलीमा सरोकारवाला निकायका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति थियो
।
अनुुगमनका क्रममा कतिपयमा सम्बन्धित जिम्मेवार व्यक्ति बाहेक अन्यले
औषधी विक्री वितरण गर्ने गरेको, सरसफाईमा ध्यान नदिइएको, नविकरण
नगरेका जस्ता कमजोरीहरू पाइएको प्रशासकीय अधिकृत रेग्मीले जानकारी
दिनुुभयो । अनुुगमन टोलीले औषधीको मूल्य सूूची, म्याद नाघेका
औषधीको व्यवस्थापन लगायतमा जानकारी लिएको थियो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले समय समयमा जनसरोकारका विषय र क्षेत्रमा
अनुुगमन गर्दै आएको छ ।




