कास्कीको माछापुच्छे गाउँपालिका ९ घलेलमा क्यानोनिङ गर्ने क्रममा लडेर एक युवतीको मृत्यु भएको छ
कास्की जिल्ला माछापुच्छ्रे ९ घलेलमा रहेको पोखरा क्यानोनिङमा साउन १० गते (बुधबार) दिउसो साढे ३ बजेको समयमा क्यानोनिङ गर्ने (झरनाबाट झर्ने खेल) क्रममा एक युवतीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.२६ बुढिबजार बस्ने २२ वर्षीय अन्जिता भण्डारी हुन् ।
उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगेकोमा डाक्टरले बुधबार अपराह्न ४ बजेर ५० मिनेटमा मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।




