पोखरा महानगरपालिका वडा नम्बर ८ को इन्द्र्पुरीटोलमा लागू औषध ब्राउन सुगर, गाँजा लगायतका अन्य लागू औषधहरु भण्डारण गरि राखिएको स्टोर फेला पारेको छ।
लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखरा, वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका ८ ईन्द्रपुरी टोल बस्ने बर्ष ३७ का दिक्षित तुलाचनको कोठामा ठुलो मात्रामा स्टोर गरि राखिएको लागू औषधहरु बरामद गरेको छ।
उक्त प्रहरी टोलीले तुलाचनको कोठाबाट आठ ग्राम ब्राउन सुगर , ब्रुफिनुर्फिन ६७ एम्पुल, डाईजापाम ७० एम्पुल, फेनेरागन ६७ एम्पुल गरी जम्मा २०४ एम्पुल, लागू औषध गाजा चार सय ७० ग्राम, नाईट्रोभ्याट ३०५ ट्याब्लेट, डिजिटल तराजु २ थान, ९१ थान ठुलो, १ थान सानो र मोवाईल १ थान बरामाद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। प्रहरीले दिक्षित तुलाचनलाई समेत पक्राउ गरेको प्राप्त समाचारमा जानकारीमा उल्लेख छ।
पक्राउ परेका तुलाचनबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पांच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ। ।




