• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

नवौं राष्ट्रिय खेलकुदमा खेलाडीको भत्ता प्रशिक्षकले खाए

  •  संवाददाता
  • बुधबार, साउन १७, २०८० मा प्रकाशित
    Advertisement

    पोखरा/ गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीले पाउनुपर्ने भत्ता गण्डकीका प्रशिक्षकले लिएको खुलेको छ । गत असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको विभिन्न स्थानमा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनुभन्दा अघि गण्डकी प्रदेशले गरेको बन्द प्रशिक्षणमा सहभागि भएका खेलाडीको भत्ता प्रशिक्षकले खाएको स्रोतले बताए ।

    केहि खेलमा खेलाडीको रकम प्रशिक्षकले लिएको खुलेको हो । कराते, एथलेटिक्स, ट्राइयाथोलनलगायतको खेलमा खेलाडीको रकम प्रशिक्षकले लिएको भेटिएको हो । खेलाडीलाई थाहै नदिई उनीहरुले रकम लिएका हुन् । नवौं राष्ट्रिय खेलकुदमा गण्डकीको प्रतिनिधित्व गरेका एक खेलाडीले प्रशिक्षकलेनै भत्ता खाइदिएको बताए ।

    उनले नवौं मात्र नभई धेरै पटक भत्ता वा खेलाडीको लागि आउने सुविधा लिने गरेको बताए । विरोध गर्ने वित्तिकै खेल्न नपाउने धम्की आउने गरेको समेत सुनाए ।

    ‘भत्ता यति आउँछ भन्छन् तर हामीले पाउँदैनौं । भत्ता भनेको एउटा हुन्छ पाउँछौ अर्को’ उनले भने । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गुरुले नै रकम कुम्ल्याएको ति खेलाडीले बताए । युवा तथा खेलकुद मन्त्रालय एक कर्मचारीले पोखराको खेलकुदमा डन हरु हाबी भएको बताए । उनले खेलाडीको भत्तानै प्रशिक्षकले खादाँ समेत केहि गर्न नसकेको बताए । यस्तै एक प्रशिक्षकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिए पश्चात करातेमा रकम खाएको गुनासो खेलाडीले गरेको थियो । तर आगामी दिनमा खेल्न नपाउने डर भएपनि उजुरी दिन नसकेको उनले बताए । ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगित सकिएलगत्तै गुनासो आयो । विचरा खेलाडीको भत्ता नै प्रशिक्षकले खाइदियो तर केहि गर्न सकिएन’ उनले भने, ‘यहाँ त खान पल्केका हरुमात्रै छन् । खाली खेलकुदको नाम बेच्ने अनि खानेहरुको कमि छैन् । गुनासो आएपछि उजुरी दिन आग्रह गर्दा खेल्न नपाउने डरले दिनै मानेनन । खेलाडीमाथि अन्याय भइरहेको छ ।’

    प्रदेश खेलकुद परिषद्का लेखा अधिकृत निलकण्ठ ढकालले केहि गुनासोहरु आएको बताए । उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीको भत्ता लिएको जानकारी दिए । उनका अनुसार कार्यालयबाट रकम लगेर खेलाडीलाई दिएका छैनन् । ‘चार पाँच जनाको गुनासो आएको हो दुई जनाको समाधान भइसक्यो । कार्यालयबाट पैसा बुझेर लिए गए । खेलाडीको सहि पनि गराए तर पैसा खेलाडीलाई बुझाएनन्’ खेलाडीको भत्ता खाने खेल मध्ये ट्राइयाथोलन र एथलेटिक्सको एक विधाको समाधान भइसकेको छ । खेलाडी बाहिर आए राम्रो खेलेपनि चान्स नै पाउँदैन भन्ने डरले बोल्न नमानेको उनले सुनाए । युवा तथा खेलकुद महाशाखाका उप सचिव तथा प्रदेश खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव घनश्याम पौडेलले क्षेत्रीय संरचनाका कारण खेलकुदमा व्यथियत देखिएको बताए । उनले संघीयतामा गइसक्दा समेत संघीय सरकार अन्तरगत रहेको खेलकुद विभाग संघीयतामा नजादा निकै समस्या आइरहेको सुनाए । उनले रंगशालामा नयाँ खेलाडीले खेल्ने अवसर नै नपाएको समेत बताए ।

    ‘सिस्टम अनुसार गठन छैन । तिनैलाई डनले चलाएका छन । खेलकुदमा डनहरुको हालिमुहाली छ’ उनले भने, ‘आफ्नो मान्छे मात्र छनोट गर्छन् । शुद्द रुपले दिदैन । यहाँत खेलाडीको भत्ता समेत खाने चलन अझै छ । नवौ राष्ट्रिय खेलकुदमा पनि त्यो घटना घटेको थियो ।’ पौडेलले खेल संघहरुले बजेट सक्ने काम गर्नु बाहेक अन्य कुनै काम नगरेको बताए । उनले खेलकुदमा व्यक्तिगत लागनी भएपनि खेल संघहरु सिस्टममा नभएको बताए । खेलकुद प्रदेश मातहातमा नआउनु ठुलो खतरा रहेको उनको भनाइ छ । राखेपको टेक्ने ठाउँ क्षेत्रीय खेलकुद भएको र प्रदेश खेलकुद परिषदलाई वेवास्ता गर्दा आर्थिक अनियमितता हुने गरेको उनको भनाई थियो । नवौंको बेला क्योकुसिन कान कराँतेमा पटक हासिल गर्ने भन्दै खेलाडीलाई मनाङ लगेर प्रशिक्षण गराईएको थियो । उक्त प्रशिक्षणको समयमा समेत विवाद भएको खुलेको छ । उक्त प्रशिक्षणका लागि जानुपर्ने सबै टिम नगएको खुलेको हो । उक्त खेलमा एक दिन प्रशिक्षण गराएर प्रशिक्षक बनेको समेत प्रदेश खेलकुद परिषदमा गुनासो परेको थियो । स्रोतकाअनुसार खेलाडीको सेवा सुविधा खेलाडीकै खातामा हाल्ने व्यवस्था गरिदिए त्यस्ता प्रवित्तृको अन्त्य हुनेछ ।

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाको विभागीय टिम त्रिभुवन आर्मी क्लब १ सय ७२ स्वर्ण पदकसहित कुल ३ सय ७१ पदकका साथ टिम च्याम्पियन भएको थियो । गण्डकी प्रदेश प्रदेशतर्फ पहिलो रह्यो । एपीएफ ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य पदकसहित कुल २ सय १९ पदक जित्दै दोस्रो भयो । पुलिसले ६१ स्वर्ण, ६० रजत र ७३ कास्य सहित कुल १९४ पदक जित्दै तेस्रो स्थान हासिल गरेको थियो । गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य सहित कुल १२० पदक जित्दै चौंथो स्थान हासिल गरेको थियो । बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य पदक सहित कुल १४५ पदक जितेर पाँचौं स्थानमा रहेको थियो ।

    बुधबार, साउन १७, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.