पोखरा ट्रेडमलको स्थापना दिवसमा बक्तृत्वकला प्रतियोगिता पोखरा साउन २२ पोखरा ट्रेडमल एण्ड हाउजिङ्ग प्रा.लिको ११ औं स्थापना दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ ।
आगामि साउन २४ गते पोखरा टे«ड मलको पाँचौ तलामा रहेको क्लासि चुलोको सभाहलमा प्रतियोगिता हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । प्रतियोगितामा भाग लिनको लागि पोखरा महानगरपालिका भित्रका सामुदायिक बिद्यालयका कक्षा ९मा अध्ययनरत बिद्यार्थीहरुले भाग लिन पाउने छन् । प्रतियोगितामा शिर्षक पर्यटन र सम्भावना बिषय रहेको पोखरा ट्रेडमल एण्ड हाउजिङ्ग प्रा.लिका अध्यक्ष मिनराज काफ्ले बताउनुभयो । सो प्रतियोगिताको बिजेताले रु १० हजार, दोस्रोले रु ७ हजार, तेस्रोले रु ४ हजार र सान्त्वना हुनेले रु १ हजार ५ सय प्राप्त गर्ने अध्यक्ष काफ्लेको भनाई थियो । पोखरा पर्यटकिय नगरी भएको र यस सम्बन्धमा यस क्षेत्रका बालबालिकाको धारणा बुझ्न र समग्र पोखराको आर्थिक सम्भावनाको बारेमा आम जनातालाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सन्तोष घिमिरेले जानकारी दिनुभयो । २०७२ साल असोज २६ गते देखि पोखराको चिप्लेढुङ्गा बाट सञ्चालनमा आएको मलमा ब्यापारिक प्रयोजनको लागि ५सय भन्दा बढि सटरहरु मार्फत मलले सेवा दिइरहेको छ ।




