नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग दुई छिमेकी देश भारत र चीनका राजदूतले भेटघाट गरेका छन्।
संसद् पुनर्स्थापना भएर नयाँ सरकार गठनको कसरत भइरहेका बेला चीन र भारतका राजदूतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका हुन ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनय मोहन क्वात्राले देउवालाई उनकै निवास बूढानीलकण्ठमा पुगेर भेटेको बताइएकाे छ ।
पार्टीका सह–महामन्त्री प्रकाशशरण महतका अनुसार देउवा निवास बुढानिलकण्ठमा हिजो बेलुका फरक–फरक समयमा चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरेको हुन ।




