म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुम, भिरखर्कका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । ३४ वर्षीय होमबहादुर पुनलाई १२ किलोग्राम ८५० ग्राम गाँजा सहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले जानकारी दिनुभएको छ ।
बोराभित्र हालेर बाख्राको खोरमा लुकाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा गएको टोलीले गाँजा सहित पुनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पुनलाई बिहीबारनै जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याइ अदालतबाट म्याद थप गरेर अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने प्रहरी नायव उपरिक्षक राइले बताउनुभयो ।




