• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

मुख्य प्रशिक्षक फिलिप्स भन्छन्- नेपाल एसियन कपमा छनोट हुने सम्भावना छ

  •  संवाददाता
  • शुक्रबार, फागुन १४, २०७७ मा प्रकाशित
    Advertisement
    nepal coach

    काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमका नवनियुक्त मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले महिला टिमले एएफसी एसियन कप खेल्ने सम्भावना रहेको बताएका छन् ।

    अखिल नेपाल फुटबल संघ ९एन्फा०ले टेक्निकल कमिटीको प्रस्तावमा बिहीबार एन्फाका टेक्निकल डिरेक्टर समेत रहेका अष्ट्रेलियन नागरिक ग्यारी फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
    फिलिप्सले अब एक वर्षभन्दा बढी समयदेखि रिक्त महिला टिमको प्रशिक्षकको रुपमा काम थाल्नेछन् । प्रशिक्षक नियुक्त भएपछि फिलिप्सले यस कामका लागि आफू गम्भीर रहेको बताएका छन् । उनले नेपाली महिला फुटबलको भविष्य राम्रो रहेको भन्दै अर्को वर्ष भारतमा हुने एएफसी एसियन कप खेल्ने सम्भावना रहेको बताएका हुन् ।

    एन्फासँगको कुराकानीमा फिलिप्सले भने, ‘मैले यस कामलाई सिरियस रुपमा लिएको छु । म यसका लागि इच्छुक पनि थिएँ । त्यही कारणले गर्दा हामीसँग ठूलो अवसर छ फुटबल विकास गर्नको लागि । महिला खेलाडीहरुले नेपालको राम्रो प्रतिनिधित्व गरेका छन् । राष्ट्रिय लिग भयो । नयाँ खेलाडीहरु आएका छन् । एक्साइटिङ ट्यालेन्टहरु छन् । एएफसी कपमा छनोट हुने अवसर छ ।’

    एसियन कप २०२२ जनवरीमा भारतमा हुँदैछ । जसमा १२ टिमले भाग लिने छन् । आयोजकको हैसियतमा भारत छनोट भइसकेको छ । यस्तै २०१८ को संस्करणमा शीर्ष तीनमा रहेका जापान, अष्ट्रेलिया र चीन पनि सिधै छनोट भइसकेका छन् ।

    अब बाँकी ८ स्थानका लागि २०२१ को सेप्टेम्बर १३ देखि २५ सम्म एएफसी कप क्वालिफायर हुनेछ । जसमा नेपालले समेत खेल्दैछ । छनोट चरणका खेल सेप्टेम्बरमा हुने तय छ । एन्फाले पनि एउटा समूहको छनोट खेल आयोजना गर्न बिडिङ गरेको छ ।

    प्रशिक्षक फिलिप्सले त्यसका लागि अहिलेदेखि योजना बनाएर अगाडि बढ्ने बताए । उनले राष्ट्रिय लिगबाट उत्कृष्ट खेलाडीहरु छनोट गरिने र उनीहरुलाई मासिक प्रशिक्षण दिने बताए । उनले खेलाडी छनोट गरेर क्याम्प सुरु गर्ने बताए । ‘केही फरक मेथड प्रयोग गर्ने ट्रेनिङ फिलोसोफी लागु गर्ने योजना छ,’ फिलिप्सले भने,’अर्को महिनासम्म क्याम्पको लागि टिम तयार हुन्छ ।’

    त्यसपछि राम्रो लेभलका खेलाडीहरु छनोट गरिने उनले बताए । उनले उत्कृष्ट खेलाडी छान्दै अन्तिमा २३ खेलाडी छनोट गरिने बताए । हरेक महिना प्रशिक्षित गरिने र युवा खेलाडीलाई पनि समावेश गर्ने उनले बताए ।

    फिलिप्सले नेपाली महिला फुटबलको भविष्य राम्रो देखेका छन् । त्यसका लागि ग्रासरुटदेखि सबै प्रदेशमा गएर उत्कृष्ट प्रतिभाहरु खोज्ने बताए । ‘हामी ग्रासरुटदेखि महिला खेलाडीको विकास गर्न चाहन्छौँ । सिस्टम र प्रोसेसअनुसार राम्रो खेलाडी बनाउने हो । महिला फुटबलको भविष्य राम्रो छ । त्यो हाम्रो दायित्व हो,’ फिलिप्सले भने, ‘हामी सबै प्रदेशमा खेलाडी हेर्छौँ र ट्यालेन्छ हेर्छौँ । उनीहरुको पहिचान गर्छौँ र अवसर दिन्छौँ ।’

    नेपाली महिला फुटबल एसियामा राम्रो रहेको फिलिप्सको बुझाइ छ । फिलिप्सले यसअघि पपुवा न्युगिनीको महिला टिमको प्रशिक्षण सम्हालेका थिए । ‘नेपाल एसियामा राम्रो छ । एसियन कपमा १२ टिम जान्छ । हामी एसियामा शीर्ष १५औं भित्र पर्छौँ । फिलिप्सले भने । एसीएन कपमा छनोट हुने चाहना धेरै छ,’ उनले भने ।

    यस्तै फिलिप्सले सावित्रा भण्डारी साम्बा घाइते हुनु निराशाजनक रहेको बताए । ‘साम्बा घाइते हुनु निराशाजनक हो । म खुशी छैन । उनी राम्रो खेलाडी हुन्,’ फिलिप्सले साम्बाबारे भने, ‘उनले अष्ट्रेलियाको लिग खेल्न सक्छिन् । यदि युरोपमा नभए पनि एसियाको कुनै पनि लिग खेल्न सक्छिन् । उनको राम्रो पक्ष भनेको उनी आफ्नो वरपर अरु खेलाडी विकास गर्न सहयोग गर्छिन् ।’

    फिलिप्सले साम्बालाई मिस गर्ने बताउँदै चाँडै राम्रो उपचार हुने र चाँडै मैदान फर्कने विश्वास व्यक्त गरे । ‘हाम्रो लक्ष्य एसियन कप हो र साम्बा फेरि खेलमा फर्कनेछिन् भन्ने आशा छ,’ उनले भने ।

    राष्ट्रिय लिगमा पुलिसविरुद्धको खेलमा साम्बा घाइते भएकी छिन् । उनको एसिएल च्यातिएकाले शल्यक्रिया गर्नुपर्ने भएको छ । साम्बा कम्तीमा ९ महिना मैदान बाहिर हुनेछिन् । लिगमा सर्वाधिक ४३ गोल गरेकी उनी बेस्ट फरवार्ड घोषित भएकी थिइन् ।

    शुक्रबार, फागुन १४, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
    विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.