लायन्स क्लब अफ पोखरा हेल्पफुल ह्यान्डस द्वारा आयोजित बृहत सरसफाई कार्यक्रम सम्पन्न
पोखरा हेल्पफुल ह्यान्डस क्लबका अध्यक्ष लायन बिनोद सुनारको अध्यक्षमा बृहत सरसफाई कार्यक्रममा कार्यक्रम संयोजक क्लबका प्रथम उपाध्यक्ष लायन शान्त कुमार श्रेष्ठ रहेको थियो । बिनोद सुनारले सरोकार दैनिकसंग कुरा गर्दै क्लबले विभिन्न सामाजिक कामहरु गरेको र भोलिको दिनमा पनि गर्ने बताए । पोखरा १३ कास्की स्थित भद्रकाली मन्दिर परिसरमा क्लबका अग्रज तथा सम्पुर्ण लायन्स लिडररुको उपस्थितिमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरि सरसफाई सम्बन्धित सामाग्रीहरु लायन्स क्लब अफ पोखरा हेल्पफुल ह्यान्डस द्वारा भद्रकाली मन्दिर संरक्षण समितिका अध्यक्ष श्री योगेन्द्र मान श्रेष्ठ ज्युलाई हस्तान्तरण गरी सम्पन्न गरेको छ ।




