लिग्स कप २०२३ को उपाधि लिओनल मेस्सीको कप्तानीमा इन्टर मियामीले हात पारेको छ । शनिबार सम्पन्न फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा पराजित गर्दै इन्टर मियमीले इतिहासकै पहिलो उपाधि जितेको हो । सन् २०२० मा स्थापित इन्टर मायमीको इतिहासकै पहिलो उपाधि हो ।
खेलको सुरुवाती २३ औं मिनेटमा मेस्सीले गोल गरेका थिए ।
खेलको मध्यन्तर पछि नाशभिलका लागि ५७ औं मिनेटमा फाफा पिकाल्टले गोल फर्काएर बराबरीमा पुर्याका थिए ।
निर्धारित समयको खेल १ १ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा गएको थियो ।
टाइब्रेकरमा पनि खेल बराबरी भए पछि खेलको निर्णय सडन डेथबाट गएको थियो ।
अन्त्यमा मियामीको गोल किप्पर डि क्यालेण्डरले नाशभिल एफसीको किप्पर ई पाईन्कोको पेनाल्टी बल बचाएर उपाधी हात पारेको छ ।
लिओनल मेस्सीको कप्तानीमा इन्टर मियामीकाे हातमा लिग्स कप २०२३ को उपाधि
लिओनल मेस्सीको कप्तानीमा इन्टर मियामीकाे हातमा लिग्स कप २०२३ को उपाधि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




