पोखरा, भदौ ३ गते । पोखरा महानगरपालिकाले सञ्चालन गरेको उपप्रमुखसंग
महिला कार्यक्रमबाट ६१९ जना लाभान्वित भएका छन् ।कार्यक्रमबाट आर्थिक वर्ष
२०७९÷८० सम्म ६१९ जनालाई ११ करोड ४९ लाख ४१९ रुपैयाँ लगानी भएको छ ।
लगानी गरिएका मध्य ऋण चुक्ता गरेको पोखरा महानगरपालिका सामाजिक विकास
महाशाखाले जनाएको छ । आर्थिक वर्ष २०८०÷८१ को लागि १ करोड ५० लाख
विनियोजन भएको छ भने ऋण लगानीबाट फिर्ता आएको १ करोड ७५ लाख ९५
हजार ८ सय रुपैयाँ कोषमा मौजात रहेको छ । चालु आर्थिक वर्षका लागि झण्डै
साँढे करोड रुपैयाँ रकम उपप्रमुखसंग महिला कार्यक्रम मार्फत ऋण लगानी,
कानुनी सचेतना र शैक्षिक सहजताका लागि रहेको सामाजिक विकास महाशाखा महिला विकास
अधिकृत एवं कार्यक्रमका सदस्यसचिव विष्णुमाया पौडेलले जानकारी दिइन ।
यसैबीच आर्थिक वर्ष २०८०÷८१ मा उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालनका लागि
महिला जनप्रतिनिधिसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न
भएको छ ।उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालक समितिका संयोजक एवं उपप्रमुख
मञ्जुदेवी गुरुबको अध्यक्षतामा भएको कार्यक्रममा यसको प्रभावकारीता,
महिलालाई आर्थिक रुपमा सक्षम बनाउन पु¥याएको योगदान लगायका विषयमा
छलफल भएको थियो । कार्यक्रमलाई अझै प्रभावकारी बनाउदै लक्षित वर्गका
महिलासम्म पु¥याउनुपर्नेमा जोड दिइएको छ । ऋण लगानी गर्दा महिला
जनप्रतिनिधिको समन्वयमा उपलब्ध गराउने व्यवस्था गर्न महिला जनप्रतिनिधिले
सुझाव राखेका थिए ।
उपप्रमुुख गुरुबले महिलाहरु आर्थिक रुपमा सवल र सक्षम नहुदाँ सम्म हिंसा मुक्त
समाज बन्न नसक्ने भन्दै उपप्रमुखसंग महिला कार्यक्रम संचालनमा ल्याइएको
बताइन । महिलाहरुको क्षमता अभिबृद्धि गराउदै आर्थिक रुपमा सवल र सक्षम बनाउदै
उद्यमशिलताको विकास गराउर्ने उद्देश्यले कार्यक्रम ल्याइएको हो । लैङ्गिक
हिंसालाई न्यूनीकरण गर्दै पीडित तथा प्रभावितहरुका लागि संरक्षणात्मक सेवा
उपलब्ध गराउने कार्यक्रमले उद्देश्य लिएको छ । कार्यक्रमले महिलाहरुको
जीवनमा सकरात्मक परिवर्तन ल्याउने विश्वास सहित सञ्चालनमा ल्याएको हो । ।।।पोखरा
महानगरपालिकालाई महिला मैत्री महानगरपालिकाको रुपमा स्थापित गराउन महिला
हिंसालाई न्यूनिकरण गर्नुपर्छ र त्यसका लागि महिलाहरु आर्थिक रुपमा सवल र सक्षम
हुर्नुपर्ने तथा महिला आफै सक्षम नहुदाँसम्म हिंसाबाट मुक्त हुन सक्दैन
भन्ने कुरालाई ध्यानमा राखेर उपप्रमुखसँग महिला कार्यक्रम सञ्चालन गरिएको
उपप्रमुख मञ्जुदेवी गुरुबको भनाई छ । ।।।पोखरा
महानगरपालिकालाई महिला मैत्री महानगरपालिकाको रुपमा
स्थापित गराउन महिला हिंसालाई न्यूनिकरण गर्नुपर्छ र त्यसका लागि महिलाहरु
आर्थिक रुपमा सवल र सक्षम हुर्नुपर्ने तथा महिला आफै सक्षम नहुदाँसम्म
हिंसाबाट मुक्त हुन सक्दैन भन्ने कुरालाई ध्यानमा राखेर
उपप्रमुखसँग महिला कार्यक्रम सञ्चालन गरिएको हो ।’
उपप्रमुखसंग महिला कार्यक्रम अन्र्तगत कृषि, व्यवसायीक र घरेलु उद्यमसिलता,
रोजगार मुलक, सिप विकास, निर्माण तथा क्षमता अभिबृद्धि सम्वन्धि कार्यक्रमलाई
प्राथमिता दिइने छ । उपप्रमुख मञ्जुदेवी गुरुबको संयोजकत्वमा नौ सदस्यीय
संचालक समिति रहेको छ । समितिमा कार्यपालिकाका पाँचजना सदस्य, उद्यमशिलता र सीप
विकासका क्षेत्रमा काम गरेका दुई जना महिला र पोखरा महानगर महिला विकास अधिकृत
सदस्यसचिव रहने ब्यवस्था कार्यविधिमा गरिएको छ ।
कार्यक्रम संचालन गर्दा विपन्न, अति विपन्न, एकल, हिंसा पिडित, अपाङ्गता भएका,
दलित आदिवासी जनजाति र सिमान्तकृत महिलालाई प्राथमिकता दिइने छ ।
उक्त कार्यक्रमका लागि आवश्यक बजेट महानगर नगर सभाले गर्ने ब्यवस्था
गरिएको छ । उक्त कार्यक्रमका लागि वडाका महिला जनप्रतिधिलाई कार्यक्रमहरु
माग समेत गरिएको छ । आफनो वडाको आवश्यकताका आधारमा कार्यक्रम माग गर्न
महानगरका ३३ वडालाई अनुरोध गरिएको छ ।
छलफल कार्यक्रममा पोखरा वडा नम्वर १७ का अध्यक्ष राधिका योगी शाहिले
कार्यक्रमले आर्थिक रुपमा कमजोर महिलाहरुलाई सहजता भएको बताइन । उनले
थप ब्यवस्थित बनाउदै कार्यक्रम सञ्चालन गर्न महिला जनप्रतिनिधि जिम्मेवार
बन्नुपर्नेमा जोड दिइन । कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख निर्मला
शर्मा र महिला विकास अधिकृत एंव कार्यक्रमका सदस्यसचिव विष्णुमाया पौडेलले
कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए ।




