काठमाडौंको सानोठिमीस्थित बाल सुधार गृहबाट कैदीहरु भागेको छ ।
रामेछापको मन्थली ३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी र तोडफोड गरेका थिए । कैदीहरुले सशस्त्र र जनपथ प्रहरीलाई समेत आक्रमण गरी कैदीहरु भागेका थिए ।
सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । हालसम्म ८७ जना काठमाडौंबाट पक्राउ परेका छन्
काठमाडौं, भक्तपुर र ललितपुरमा सुरक्षाकर्मीहरु हाई–अलर्टमा रहेको र अरु कैदीहरुलाई खोजी तिव्र रुपमा भएको छ । कैदीहरु भागेर अरु जिल्लामा पनि गएको खबर भएपछि सबैतिर प्रहरीलाई खबर गरेका छ भने, ‘केही नियन्त्रणमा समेत आएका छन् ।’काठमाडौं, भक्तपुर र ललितपुरमा सुरक्षा कडा बनाएको काठमाण्डौ प्रहरीले बताएको छ।




