• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

अविवाहित युवतीले जन्माएको नवजात शिशुलाई प्रेमी र अस्पतालको डा.ले बेचीदिए : छ जना पक्राउ

  •  संवाददाता
  • बुधबार, भदौ ०६, २०८० मा प्रकाशित
    Advertisement

    अविवाहित युवतीले जन्माएको नवजात शिशुलाई बिक्री गरेको आरोपमा प्रहरीले कोशी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्वमेसु) डा.तपेश्वरलाल कर्णसहित छ जनालाई बिराटनगरबाट पक्राउ गरेको छ। आफ्नै नजिकको नाता सम्बन्ध रहेको युवासँगको यौन सम्बन्धकाकारण गर्भवती भएकी युवतीले गएको असार १४ गते जन्माएको छोरी बिक्री गरेको आरोपमा उनका प्रेमी, डा। कर्ण लगायत छ जनालाई प्रहरीले पक्राउ गरेको हो।

    प्रहरीले डा. तपेश्वरलाल कर्णसँगै उनले संचालन गरेको दिपेश क्लिनिकमा काम गर्ने निर्मला यादव, ग्रीनक्रस अस्पतालकी कर्मचारी सुधा राजवंशी, अविवाहित युवतीका प्रेमी (बच्चाका बाबु) मोरङकै हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राई, बच्चा जिम्मा लिने मोरङको कटहरी गाउँपालिका (२ स्थित ४६ वर्षीया दिलमाया राजवंशी र उनका छोरा सूर्यनारायण राजवंशीलाई पक्राउ गरेको छ। ग्रीनक्रस अस्पतालमा अविवाहित युवतीले जन्माएको उक्त शिशु मोरंङको कटाहरी गाउँपालिकामा २ स्थित दिलमाया राजवंशीको घरमा फेला पारि उद्धार गरेको छ ।

    मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले दिएको जानकारी अनुसार, प्रारम्भिक अनुसन्धानबाट वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णले बच्चा बिक्री गरेको खुलेको छ । ‘दिलमायाका परिवारले ५० हजार रूपैयाँ तिरेर बच्चा लगेको बताएका छन् । दाहालले भने, हामीसँग ५ लाखमा बिक्री गरिएको कुरा आएको छ, । उनले ‘यस विषयमा थप अनुसन्धान भएपछि वास्तविकता पत्ता लाग्ने बताए । अहिलेसम्म बच्चा कतिमा खरिद–बिक्री भएको हो भन्ने रकमका बारेमा पुष्टि भइसकेको छैन ।’

    के हो बच्चा बेपत्ताको घटना 

    प्रहरीका अनुसार हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राई नाताभित्रकै युवतीसँग प्रेममा थिए । युवतीलाई स्वास्थ्यमा समस्या देखिएपछि गत असार १३ गते गोबिन्दले विराटनगर लिएर आए । त्यसबेला उनी नौं महिनाकी गर्भवती थिइन् । विराटनगर अस्पताल चोकबाट पश्चिमतर्फ ग्रिनक्रस अस्पताल नजिकै रहेको दिपेश क्लिनिकमा लगे ।

    क्लनिकमा प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णले गर्भवतीको परीक्षण गरे । यो क्लिनिकका सञ्चालक विराटनगरकै नाम चलेका चिकित्सक डा. कर्णकै हो ।

    कोशी अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट पनि भइसकेका उनी अवकाशपछि क्लिनिक सञ्चालन गर्दै आएका छन् । क्लिनिक सञ्चालनसँगै उनले ग्रिनक्रस अस्पतालमा पनि काम गर्छन् । आफ्नो क्लिनिकमा युवतीको स्वास्थ्य परीक्षणपछि उनले प्रसूतिको समय भएको भन्दै ग्रिनक्रस अस्पताल भर्ना गराए ।

    भोलिपल्ट अस्पतालमा नर्मल डेलिभरीमार्फत युवतीले छोरी जन्माइन् । तर शिशुलाई नर्सले लिएर गए, सोही दिन अस्पतालले युवतीलाई डिस्चार्ज पनि गरिदियो । प्रेमी गोविन्दले इटहरी लगेर होटलमा राखे । बच्चाबारे सोध्दा गोविन्दले अस्पतालमा उपचार हुँदैछ भन्ने जवाफ दिए ।

    होटलमा पुगेको दुई दिनपछि अस्पताल जान्छु भन्दै हिडेका गोविन्द फर्किएनन् । होटलमा अलपत्र परेकी सुत्केरी युवतीलाई आफन्तले सुनसरीकै सोनापुरमा डेरा खोजेर राखिदिए ।

    आफूले जन्माएको छोरी र प्रेमी गायब भएपछि उनले गत साउनमा जिल्ला प्रहरी कार्यालय मोरङमा उजृुरी दिइन् । प्रहरीले गोविन्द र डा.कर्णलाई पक्राउ ग¥यो । गोविन्दले बच्चा अस्पतालबाट घर नलगेको बताए भने डा.कर्णले परिवारकै जिम्मा लगाएको दाबी गरे ।

    प्रहरीका अनुसार, दिलमायाका छोरा सूर्यनारायण र बुहारी श्यामबत्तीको बिहे गरेको १० वर्षसम्म सन्तान नभएपछि उनीहरु बेवारिसे बच्चाको खोजीमा रहेछन् । त्यही बेला अविवाहित युवती बच्चा जन्माउन अस्पताल आइन्’, प्रहरी स्रोतले भन्यो, ‘चिकित्सक, युवतीका प्रेमी (बच्चाका बाबु) र अस्पतालमा काम गर्ने कर्मचारीसँग कुरा मिलाएर बच्चा लगेको देखिन्छ । पैसा लिएर बच्चा दिलमायाको परिवारलाई उपलब्ध गराएको पाइएको छ ।’

    गोविन्दले बच्चा लैजान नचाहेपछि डा. कर्णले कर्मचारी मार्फत बच्चा लैजाने मान्छे खोजेका थिए । त्यसपछि अस्पतालकी कर्मचारी सुधा राजवंशीले बच्चाको खोजी गरिरहेकी महिला दिलमाया राजवंशीलाई डा. कर्णसँग सम्पर्क गराइदिइन् । अस्पताल आएर उनले असार १४ गते नै बच्चा लिएर गइन् । बच्चा लैजादा सुरुमा ५० हजार रुपैयाँ डाक्टरलाई दिएको देखिएको प्रहरीले बताएको छ ।

    कोशी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्वमेसु) डा. तपेश्वरले ग्रीनक्रस अस्पतालमा कार्यरत सरसफाई कर्मचारी सुधा राजवंशीमार्फत दिलमायाको परिवारलाई बच्चा बेचेको प्रहरीको भनाइ छ । मोटरसाइकलमा अस्पताल पुगेका दिलमाया र उनका छोरा सूर्यनारायणले नवजात शिशु जिम्मा लिएर घर लागेको बताइएको छ।

    उनका अनुसार पछि बच्चालाई विराट शिक्षण अस्पताल लगेर एक हप्तासम्म उपचार गराएको पनि पाइएको छ । ‘उपचारमा २ लाख रुपैयाँ खर्च भयो भनेका छन्’, दाहालले भने । मंगलबार प्रहरीले बच्चालाई उद्दार गर्दा उनको स्वास्थ्य अवस्था सामान्य थियो ।

    ‘बच्चा लैजाने क्रममा ५० हजार रुपैयाँ दिएको भनेका छन्, रकम अलिक बढी दिएजस्तो देखिन्छ अनुसन्धान गर्दैछौंं’ जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले भने, ‘घरमा लगेपछि शिशु बिरामी भएछन्, त्यसपछि विराट मेडिकल कलेजमा लगेर उपचार गरेको देखियो ।’

    बुधबार, भदौ ०६, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.