काठमाडौँ । एशियाको च्याम्पियन्स लिग खेल्ने ४० क्लबको टुंगो लागेको छ । गएराती प्लेअफका खेल सकिएसँगै एएफसी च्याम्पियन्स लिग खेल्ने सबै क्लबको टुंगो लागेको हो ।
एएफसी च्याम्पियन्स लिगमा एसियाका पूर्वी र पश्चिमी क्षेत्र गरी कुल ४० क्लबले खेल्दै छन् । ४० क्लबलाई विहिबार हुने ड्र मार्फत १० टिममा बिभाजन गरिदै छ । जसमा सबै समुहका समुह विजेता राउण्ड १६ मा पुग्ने छन् भने पूर्व र पश्चिमी क्षेत्रका तीन(तीन बेस्ट उपविजेता राउण्ड १६ मा पुग्ने छन् ।
एशियाको च्याम्पियन्स लिगमा पश्चिम क्षेत्र र पूर्वी बाट १६-१६ क्लबले सिधै प्रवेश पाएका थिए भने ४-४ क्लब प्लेअफ खेल्दै छानिएका छन् ।
अब एशियाको च्याम्पियन्स लिगमा सबैभन्दा बढी साउदी प्रो लिग, कोरियन लिग, उज्वेकिस्तानको लिग र जापानी लिगबाट ४-४ क्लबले खेल्ने भएका छन् । साउदी लिगबाट अल हिलाल, अल इत्तिहाद, अल फायह र अल नासर छानिएका छन् ।
त्यस्तै कोरियन लिगबाट उल्सान हुन्डाई, इचेओन युनाइटेड, जेओनबुक हुन्डाई र पोह्यांग स्टीलर्स रहेका छन् ।
त्यसैगरी जापानी लिगबाट योकोहामा मरिनोस, भेन्टफोरेट कोफु, कवासोकी फ्रोनटेल र उर्वा रेड डाइमान्ड रहेका छन् । त्यसैगरी उज्बेकिस्तानको लिगबाट पख्ताकोर, एजीएमके, नबबाहोर र नासफ क्वार्सी क्लबले खेल्दै छन्
त्यस्तै इरानको लिगबाट प्रेसेपोलिस एफसी, सेपाहन र नास्साजी क्लब खेल्दै छन् भने कतारको लिगबाट अल साद र अल दुहैल क्लब खेल्दै छन् । त्यस्तै चिनिया सुपर लिगबाट वुहान थ्री टाउन, शानडोंग टाइशान र झेजियांग क्लब रहेका छन् ।
थाइल्यान्ड लिगबाट बुरिराम युनाइटेड, बैंकक युनाइटेडर बिजी पाथुम युनाइटेड रहेका छन् भने युइईको लिगबाट अल ऐन र शारजाह क्लबले भाग लिदै छन् । त्यस्तै ताजकिस्तानबाट इस्टिकलोल क्लब खेल्दै छन् भने इराकबाट अल क्वुवा अल जाविया क्लब खेल्दै छ ।
साथै तुर्किमिनास्थानबाट अहाल अन्यु, भारतबाट मुम्बई सिटी, भियतनामबाट हानोई एफसी, फिलिपिन्सबाट काया एससी, मलेसियाबाट जोहोर दारुल ताजिम क्लब, जोर्डन लिगबाट अल फैसाली एफसी, अस्ट्रेलियाबाट मेलवर्न सिटी, सिंगापुरबाट लायन सिटी सैलोर्स, हङकङबाट किटची क्लब च्याम्पियन्स लिगमा खेल्दै छन् ।




