अभिनेता सारूक ताम्राकारको अन्तिम म्युजिक भिडिओ ुह्यासट्याग माया सार्वजनिक गरिएको छ।
एक कार्यक्रममा माया बोलको गीत सार्वजनिक गरिएको हो । सारूक र अभिनेत्री निकिता आचार्यको अभिनय रहेको छ ।
एसडी योगीको स्वर, संगीत रहेको गीतमा राम अविरल विष्टको शब्द छ भने रिकेश गुरुङले संगीत संयोजन गरेका छन्।
उज्जवल जोशीको छायांकन रहेको गीतको भिडिओ प्रविण श्रेष्ठको सम्पादन रहेको छ ।




