पोखराको सृजनाचोकस्थित होटल लक्ष्मीमा जुवातास खेलिरहेका सात जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय बैदामबाट खटिएका प्रहरी टोलीले उक्त होटलबाट सात जना जुवादेहरु पक्राउ गरेको हो।
उक्त होटलमा जुवातास खेलिरहेका होटल सञ्चालक मुस्ताङ घोरपझोङ गाउँपालिका २ का ५७ वर्षीय इन्द्रबहादुर कार्की, ५८ का मोहन थकाली, ४६ वर्षीय नवीनप्रसाद थकाली, पोखरा ८, सिर्जनाचोकका ६३ वर्षीय शंकर ज्वारचन, महेन्द्रपुलका ५३ वर्षीय गुञ्ज हिराचन, ५९ वर्षीय दलबहादुर हिराचनलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामाले जनाएको छ। उनीहरुको साथबाट प्रहरीले चार लाख ४७ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले दाबी गरेको छ।
पक्राउ परेका जुवाडेमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बैदाम प्रहरीका इन्चार्ज डिएसपी बेद प्रकाश जोशीले जानकारी दिए ।




