पोखरा, भर्दा ९ –खेलकुद विकास मञ्च पोखरा र खेलकुद पत्रकार मञ्च गण्डकीबीच मैत्रीपूर्ण
फुटबल खेल सम्पन्न भएको छ ।
पोखरा रंगशालास्थित फुटबल मैदानमा शनिबार
मैत्रीपुर्ण प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा खेलकुद विकास मञ्चले खेलकुद
पत्रकार मञ्च गण्डकीलाई ६–३ गोलअन्तरले हराउँदै विजयी भयो ।
मैत्रीपुर्ण खेलको समापनमा बोल्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण
बानियाँले आफुहरुले जिल्लाको नेतृत्व गर्न पाएपनि अधिकार भने निकै सिमित रहेको बताए
। उनले पछिल्लो समय कास्कीको फुटबल खेल सस्कदै गएको र युवा खेलाडीहरुले
खेलकुदपत्रकारसँग मैत्रीपूर्ण खेल खेल्दै खेलकुदको विकास आवश्यक रहेको सन्देश दिएको
बताए । हिजो कास्कीको फुटबलको स्तर कहाँ थियो र आज कहाँ छ त्यो सबैलाई थाहा
भएकै कुरा हो । हिजोका दिनसम्म राष्ट्रिय टिममा कास्कीको खेलाडी नपरेको समय नै
हुनेथिएन तर आज कास्कीका खेलाडी राष्ट्रिय टिममा पर्नै छाडे यो फुटबलमा मात्र होइन
अन्य खेलमा समेत समस्या छ’ उनले भने, । हामीले जिम्मेवारी त पाएका छौ तर अधिकार
पाएका छैनौं । आज रंगशालाको उपभोग गर्न प¥यो भने राष्ट्रिय खेलकुद परिषदको
अनुमति चाहिन्छ । हाम्रै आगनमा समेत हामीले केहि गर्न पाउँदैनौ खाली समिति बनाएर
मात्रै खेलकुदको विकास हुँदैन ।’ उनका अनुसार गण्डकीको खेलकुदमा निकै अस्तव्यस्त रहेको
छ । यस्तै गण्डकी प्रदेश फुटबल संघका उपाध्यक्ष मिलन गुरुङले फुटबल खेलका लागि
गण्डकी प्रदेश फुटबल संघ सधैं साथ र सहयोग गर्न तयार रहेको बताए । नेपाल खेलकुद
पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिनानाथ बरालले मैत्रीपूर्ण खेलले दुई संस्थालाई
जोड्ने काम गरेको सुनाए । उनले अरबौ रुपैयाँमा बनेको रंगशालाको उपयोग खासै
नभएकोमा चिन्ता व्यक्त गरे । पोखरामा अन्तर्राष्ट्रिय स्तरको पुर्वाधार निर्माण भएपनि
स्तरीय प्रतियोगिता भने खासे नभएको सुनाए । खेलकुद विकास मञ्चका अध्यक्ष विक्रम थापाले
खेलकुदको विकासका लागि मञ्चको स्थापना भएको सुनाए । उनले हरेक वर्ष खेलकुद
पत्रकारहरुसँग मैत्रीपुर्ण खेल खेल्दै दुई संस्थाबीच सम्बन्ध गास्ने सुनाए ।
फुटसल प्रतियोगिताको आयव्यय सार्वजानिक
यस्तै खेलकुद विकास मञ्चले असार २९ र ३० गते आयोजना गरेको स्व.याम (राम) बहादुर थापा
स्मृति फाइभ ए साइड फुटसल प्रतियोगिताको आयव्यय समेत सार्वजानिक गरेको छ । संस्थाकी
उपाध्यक्ष अञ्जली भुषालले प्रतियोगिताबाट कुल एक लाख ४० हजार आम्दानी भएको छ भने
दुई लाख रुपैयाँ खर्च भएको जानकारी दिइन् । प्रतियोगितामा टिम दर्तामार्फात ८० हजार,
सहयोगमार्फत ६० हजार रुपैयाँ उठेको हो । प्रतियोगिताबाट ६० हजार रुपैयाँ घाटा भएको
उनले बताइन् ।




