भुटानमा भएको अण्डर १६ साफ अन्तर्गत आयोजक भुटान पाकिस्तानद्धारा २-१ गोलले पराजित भएको छ ।
भुटानको च्याङलीखान फुटबल खेल मैदानमा भएको खेलमा १२ औ मिनेटमा भुटानले गोल गरी अग्रता लिएको थियो । खेलको १६ औ मिनेटमा पाकिस्तानले गोल गरी बराबरीमा पुर्याएका थियोे ।
खेलको २९ औ मिनेटमा पुन पाकिस्तानी खेलाडीले डि बक्स बाहिराबाट हानेको बल गोलमा परिणत हुन पुग्यो । मध्यान्तरसम्मको खेलमा भुटान १-२ पाकिस्तान २ खेलीरहेको थियो । खेलमा र्फकन भुटान
प्रयासरत भएपनि पाकिस्तानी खेलडीले विफल बनाएको थियो ।




