नेपाली फुटबल टोलीले फिफा विश्वकप(२०२६ तथा एएफसी एसियन कप(२०२७ छनोटको प्रारम्भिक चरणको तयारीका लागी फुटबल खेल खेल्न लागेको हो ।
नेपाली राष्ष्ट्रिय फुटबलका मुख्य प्रशिक्षक भिन्सेन्जो एनेसले आइतबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् ।
नेपाली टिमको गोलकिपरमा किरणकुमार लिम्बू, अभिषेक बराल र दिप कार्की छन् । त्यस्तै, रक्षकमा सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा र अञ्जन राई छन् ।
मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिशरत्न छुन्जु र उत्सव राई छन् भने फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजङ्ग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया रहेका छन् ।




