एशिया कप अन्तर्गत आज अफगानिस्तान र बंगलादेशबीच खेल हुदै छ ।
यो खेल पाकिस्तानको लाहोरमा नेपाली समय अनुसार ३स् १५ बजेदेखि शुरु हुने छ ।
समुह बि अन्तर्गतको यो खेल दुवै देशका लागि सुपर चारमा पुग्न महत्वपूर्ण हुने देखिन्छ ।
बंगालदेशले आफ्नो पहिलो खेलमा श्रीलंकासँग हार बेहोरेको छ भने अफगानिस्तानले आफ्नो पहिलो खेल खेल्दै छ ।
बंगालदेशका लागि यो सुपर चारमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यो खेलमा हार बेहोरेमा बंगलादेश एशिया कपबाट बाहिरिने छ । त्यस्तै अफगानिस्तानले यो खेल जितेमा सुपर चारका लागि छनौट हुने छ ।
अहिलेसम्म समुह ए बाट पाकिस्तान सुपर चारमा पुगिसकेको छ ।




