संविधान सभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको सोमबार राति निधन भएका भएको छ। उनको जन्म २००९ साल फागुन २८, सुन्तलाबारी, इलाममा भएको थियो ।
नेम्वाङको सोमबार राति १ बजेर ४० मिनेटमा निधन भएको थियो। उनको अन्त्येष्टि बुधबार हुने स्वकीय सचिवले बताएको छ । दुई छोरा दुई छोरी भएका जेठा छोराको सपरिवार बेलायत भएकोले आज राती ४ बजे नेपाल आईपग्नेछन् । कान्छा छोरा अष्ट्रेलिया
रहेको छ उ पनि आज राती ११ बजे आईपूगनेछन् सुवास नेम्वाङको अन्त्येष्टि भोलि गर्ने भएको छ । उनको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि मंगलबार ९ बजेदेखि पार्टी कार्यालय च्यासलमा राख्ने जनाएको छ।




