काठमाण्डौं । घरेलु मैदानमा हुने अण्डर १९ पुरुष साफ च्याम्पियनसिपका लागि नेपालको टोली घोषणा भएको छ । अण्डर १९ टोलीका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले मंगलबार साफका लागि २५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो ।
अण्डर १९ पुरुष साफ च्याम्पियनसिप यहि सेप्टेम्बर २१ देखि ३० अर्थात् आगामी असोज ४ देखि १३ गतेसम्म काठमाण्डौंमा आयोजना हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने च्याम्पियनसिपको आफ्नो पहिलो खेल नेपालले असोज ४ गते पाकिस्तानसँग खेल्ने छ ।
प्रतियोगिता अन्तर्गत नेपाल समूह ए मा रहेको छ । समूह ए मा नेपालसँगै पाकिस्तान र माल्दिभ्स रहेका छन् । नेपालले दोश्रो खेल असोज ८ गते माल्दिभ्ससँग खेल्ने छ।
यस्तै समूह बी मा भारत, बंगलादेश र भुटान रहेका छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल असोज १० र फाइनल खेल असोज १३ गते हुनेछ।
अण्डर १९ साफको पाँचौं संस्करणको सबै खेल काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । नेपाल शुरुवाती दुई संस्करणको च्याम्पियन टोली हो ।
२५ सदस्यीय नेपाली टोलीः
गोलकिपरः जियारथ शेख, रुबिन बोगटी, अमित टमाटा
डिफेन्डरः सेमन्त थापा, विशाल नेपली, विक्रम तामाङ, आयुष तिम्सिना, अश्विन घोरासैनी, दिपक थापा मगर, निसाङ्ग पराङ्गदेन ९लिम्बु०, निशान्त तामाङ्ग, गौरव महर्जन
मिडफिल्डरः कुशल देउवा, लच्छु थापा, प्रशान्त लक्सम, अविनाश स्याङ्तान, अनिल भोम्जन, धनसिंह विक, हरिशराज भट्ट, निरज कार्की, नेल्सन तामाङ
फरवार्डः समिर तामाङ, निरजन धामी, सुजन डंगोल, सिद्धार्थ अधिकारी




