पोखरा, ३१ भदौ ।
पोखरामा राजन एण्ड द ब्रदर्शले नेपालकै सर्वाधिक राशीको ‘दोस्रो राष्ट्रिय
खुला फुसटसल प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।
‘परिवर्तनका लागि खेलकुद’ नारासहित पोखरा रंगशालास्थित कभर्ड हलमा
प्रतियोगिता सञ्चालन हुने आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत
जानकारी दिइएको हो ।
आयोजक संस्थाका अध्यक्ष राजन गुरुङले सो प्रतियोगिता आगामी असोज २७बmउस
गतेदेखि ३० गतेसम्म सञ्चालन हुने बताए ।
उनले राष्ट्रिय फुटसल लिग च्याम्पियन पोखराको स्पोर्टस् क्यासल
प्रालिसँग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गर्ने बताए ।
यसअघि सम्पन्न पहिलो संस्करणको प्रतियोगितामा आयोजक र स्पोर्टस्
क्यासलबाट खेलेका ४ जना खेलाडी राष्ट्रिय फुटसल टिममा परेकाले
आफुहरुलाई थप हौसला मिलेको सुनाए ।
‘पहिलो संस्करण कोभिडको समय भएकाले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने
नारासहित आयोजना गरेका थियौं, उनले भने त्यो प्रतियोगितामा
आयोजकबाट खेलेका भाइहरु राष्ट्रिय टिममा परेपछि दोस्रो संस्करणमा
पुरस्कार राशी वृद्धि गरेका हौं ।’
उनका अनुसार यो वर्ष मंगोलियामा हुने प्रतियोगिता लागि घोषणा भएको
नेपाली टोलीमा स्पोर्टस् क्यासलको तर्फबाट सुमित श्रेष्ठ (मेस्सी), राम
शाही, र दिपेश घले छनोट भएका छन् भने राजन एण्ड द ब्रदर्शबाट
खेलेका आरुष सिंह ठकुरी पनि नेपाली टोलीमा स्थान बनाएका छन् ।
अध्यक्ष गुरुङले यसपटक ‘परिवर्तनका लागि खेलकुद’ भन्ने नारासहित
प्रतियोगिता सञ्चालन गर्ने बताउदै भने, ‘पहिलो संस्करणमा खेलेका ४ जना
भाइहरु यसपटक राष्ट्रिय टिममा परेका छन् । त्यसैले यो प्रतियोगिताबाट
पनि उदीयमान र नयाँ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउँनेछन्
भन्नेमा विश्वस्त छौं ।’
प्रतियोगिता संयोजक आशिष क्षेत्रीले पुरस्कार राशी वृद्धि गरेर ५ लाख
पुर्याइएको जानकारी दिए । उनका अनुसार पहिलो संस्करणमा उपाधि राशी
३ लाख रुपैयाँ थियो ।
यस पटक दोस्रो संस्करणको विजेतालाई ५ लाख रुपैयाँ, शिल्ड, मेडल र
प्रमाणपात्र प्रदान गर्ने बताए । यस्तै उपविजेताले ३ लाख रुपैयाँ, शिल्ड,
मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विधा गततर्फ प्रतियोगिताबाट सर्वाेत्कृष्ट हुने खेलाडीले ५० हजार रुपैयाँ
प्राप्त गर्नेछ भने उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान
खेलाडीले जनही २५÷२५ हजार रुपैयाँबाट पुरस्कृत हुनेछन् ।
देशभरबाट कुल ३० बढी टिमको सहभागिता रहेको आयोजकको अपेक्षा छ भने
प्रतियोगितामा सहभागिता हुनका लागि २५ हजार दर्ता शुल्क निर्धारण
गरिएको छ ।




