पर्यटकीय नगरी पोखराको फ़ेअवाताक छेउमा रहेको बसुन्धरा पार्कमा एक युवक मृत भेटिएका छन् र
अर्घाखाँची जिल्ला घर भई हाल पोखरा ७ मुस्ताङचोकमा डेरा गरी बस्ने वर्ष २५ का रेशम नेपाली बसुन्धरा पार्कमा मृत भेटिएका हन् र
गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले दिएको जानकारी अनुसार, उनी बुधबार बिहान अन्दाजी ६ः५० बजे मृत भेटिएका थिए। उनको मृत्यु कसरी भएको हो भन्ने बारेमा अनुसन्धान चलिरहेको भए पनि मृतकको छेउमा माछा मार्ने विष ‘सेल्फस अल्मुनियम फोस्फाइड’ नाम गरेको बोतल भेटिएको छ। उनले त्यही बिष सेवन गरेको अनुमान प्रहरीले गरेको छ।




