बिहीबार दशरथ रंगशालामा पाकिस्तानसंगको खेलमा १–० ले जित निकालेको छ ।
खेलको २६ औ मिनेटमा पाकिस्तानकोे फ्रिकिक बललाई नेपालको गोल रक्षक जियारथ शेख, ले बचाएका थिए ।
३२ औ मिनेट पाकिस्तान को मोहमद अलि जफरको प्रहार पोष्ट माथिबाट गएको थियो पाकिस्तानको आदिन युनिस र नेपालको गोल रक्षको वन बर्सेस वनमा बल पोष्टछेउ बाट गएको थियो । पुन ३९औ मिनेटमा पाकिस्तानका खेलाडीले डिबक्स बाहिराबाट प्रहार गरेको बल नेपालका गोल रक्षकले बचाएका थिए । ४४ औ मिनेटमा पाकिस्तानको प्रहारलाई जियारथ शेखले बचाएको थियो । दोस्रो हाल्फको ७५ औ मिनेटमा पाकिस्तानका अलि जफरले डिबक्स बाहिराबाट हानेको बल गोलमा परिणत हुदां पाकिस्तानको जित सुनिश्चत भएको थियो । खेलमा फर्कन प्रयासरत नेपाली टोली ९० मिनेटसम्म गोल फर्काउन नसक्दा पाकिस्तानको जित पक्का भएको थियो । प्रतियोगितामा नेपाल सहित ६ टिम सहभागी छन् । नेपालले दोस्रो खेल माल्दिभ्ससँग खेल्नेछ ।




