पोखरा, ४ असोज ।
गुरुङ्ग भाषाको गित ‘ ङोल्स्यो निच्यों’ को म्युजिक भिडियो तयार भएको छ ।
हङ्गकङ्गको विभिन्न शहरमा छायांकन भएको गितको निर्माण पुरा भई विमोचन
अन्तिम चरणमा पुुगेको छ ।
गायक केशबहादुर गुरुङ्ग र गायिका उषा गुुरुङ्गको स्वरमा रहेको गितको म्युुजिक
भिडियो सेप्टेम्बर २४ मा विमोचन गरिने गितका मोडल अमृत गुरुङ्गले जानकारी
दिए । भिडियोमा मोडल अमृत गुुरुङ्गसँगै नियोना गुुरुङ्गले अभिनय गरेकी छिन् ।
मोडल अमृत र नियोना लामो समयदेखि हङ्गकङ्ग बस्दै आएका छन् । यो भिडियो
हङ्गकङ्गको योङ्गलाङ्ग सिङ्गमुन, क्लियर वाटर वे जस्ता रमणीय ठाउँहरुमा छायांकन
गरिएको मोडल गुरुङ्गले जानकारी दिए । अनिल गुरुङ्गले खिचेको भिडियोको मनोज
गुरुङ्गले निर्देशन र टेकमान गुुरुङ्गले सम्पादन गरेका हुुन् । मेकअप सुुशिलाले गरेका हुन् ।
भिडियो हङ्गकङ्गमै विमोचन गरी एच के दर्पण युट्युब च्यानलबाट सार्वजनिक गरिने
उनले जानकारी दिए । खुसी गुरुङ्गको रचना रहेको गितमा केशबहादुर गुरुङ्गको संगित र
धनबहादुर गुरुङ्गको एरेन्ज रहेको छ ।
अधिकांस गुरुङ्ग भाषाको गित नेपालकै गुरुङ्ग गाउँहरुमा छायाँकन गरिएपनि देश
बाहिर छायाँकन गरी नयाँ प्रयास थालिएको मोडल गुरुङ्गले बताए । विदेशमा सुटिङ्ग
भएता पनि गुरुङ्ग सँस्कृतिलाई जगेर्ना गरी निर्माण गरिएको उनको भनाई छ ।
हङ्गकङ्गको विभिन्न शहरमा छायांकन भएको गुुरुङ्ग गित ‘ ङोल्स्यो निच्यों’ विमोचनको तयारी
हङ्गकङ्गको विभिन्न शहरमा छायांकन भएको गुुरुङ्ग गित ‘ ङोल्स्यो निच्यों’ विमोचनको तयारी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




