चीनको हान्झाउमा जारी पुरुष क्रिकेट अन्तर्गत नेपालले मंगोलिया विरुद्धको खेलमा ३१४ को लक्ष्य दिएको थियो ।
जेजियङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट मैदानमा भएको खेलमा नेपाले ३ विश्व रेकर्डलाई तोडेको छ । रोहित शर्माको ३५ बलमा सेन्चुरीलाई नेपालको कुशल मल्लले ३४ बलमा सेन्चुरी पुरा गरी दिएका थिए । तयसै दिपेन्द्र सिंह एरीले भारतको युवराज सिंह को रेकर्डलाई तोडेका छन् । युवराज सिंहले १२ बलमा ५० रनको रेकर्ड ऐरीले ९ बलमा ५० रन बनाएर युवराजको रेकर्डलाई तोडेका छन् । टि २० को खेलमा सर्वाधिक रन अफगानिस्तनले आयरल्यण्ड विरुद्धको खेलमा २७८ रन बनाएको थियो त्यो रेकर्ड लाई नेपालले मंगोलियासंग भएको खेलमा ३१४ रन बनाउंदा अफगानिस्तानको रेकर्ड तोडेको छ । मंगोलियाको १३.१ ओभरमा ४१ रन बनाउंदै अल आउट भएको थियो । नेपालको तर्फबाट करण के.सी,संिदप लामिछानेले, अविनास वोहराले २-२ विकेट लिएका थिए । भने
सोमपाल,दिपेन्द्र,कुशलले,१-१ विकेर्ट िलएको थियो मंगोलियाको तर्फबाट सर्वाधिक रन बनाउने डावासुरेन जम्यन्सुरें ले २३ बलमा १० रन जोडेका थिए ।
खेलमा कुशल मल्लले ५० बलमा नटआउट १३७ रन र दीपेन्द्रसिंह ऐरीले १० बलमा नटआउट ५२ रन प्रहार गरे। कुशलले ८ चौका र १२ छक्का तथा दीपेन्द्रले ८ छक्का हिर्काए।
कप्तान रोहित पौडेल २७ बलमा ६१ रन, कुशल भुर्तेल २३ बलमा १९ रन र आसिफ शेख १७ बलमा १६ रन जोडेर आउट भएका थिए।
खेलमा नेपालले २६ छक्का र १४ चौका प्रहार गरेको थियो।
समूहमा अब नेपालले दोस्रो खेल माल्दिभ्ससँग खेल्नेछ।




