साफ यु–१९ च्याम्पियनसिपको फाइनल पराजित गर्दै पाकिस्तानसंग खेल्ने
काठमाण्डौमा जारी साफ यु–१९ च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेलको २६ मिनेटमा भारतको थिगोम्सर गोयारीको हेडरलाई साहिल खुर्सिदले डिबक्स भित्रैबाट पोष्टमा प्रहार गरी अग्रता दिलाएको थियो । ३२ औं मिनेटमा कुशल देउवाको प्रहार सिधै भारतीय गोलरक्षकको हातमा पुगेको थियो । पहिलो हाफको इन्जुरी समयमा नेपालले एक राम्रो अवसर पाएको थियो । तर कुशल देउवाको कर्नर समिर तामाङको हेडर फष्टबारबाट बाहिरन पुगेको थियो । पहिलो हाफमा खेल बराबरीमा खेलेको थियो । दोस्रो हाफको ७३ औ समिर तामाङ्गले गोल हेडमार्फत गोल गरी खेललाई बराबरीमा पुर्याएके थियो । खेल टाइब्रेकरमा पुगेको थियो । नेपालका लागि प्रशान्त,लक्सम लिम्बु, लक्ष्मण थापा र विक्रम तामाङले पेनाल्टीमा गोल गर्न असफल भए । नेपालका लागि अश्विन घोरासिनी र कुशल देउवाले गोल गरेका थिए ।
भारतका लागि अर्जुन सिंह,गोम्सर गोयारी र माङलिङ थेङ किपिङले गोल गरे । दिनेश सिंह र रिक्की मित्तलको पेनाल्टी नेपालका गोलरक्षक जियारथ शेखले बचाए । अब भारत र पाकिस्तान फाईनलको लागी भिड्ने छ ।




