म्यानचेस्टर सिटीले वल्भससँग २–१ ले पराजित भयो ।
खेलमा वल्भसले १३औं मिनेटमा रुबेन डियासको आत्मघाती गोलबाट अग्रता लिएको थियो। तर ५८औं मिनेटमा जुलियन अलभारेजले गोल गर्दै खेलमा बराबरी गरेका थिए ।
त्यसको आठ मिनेट पछि वल्भसका लागि ह्वांग ही–चानले गोल गर्दै खेलमा पुनः टोली अग्रता दिलाएका थिए । प्रिमियर लिगको यो सिजनमा पहिलो हार बेहारेको सिटी ६ जितका साथ १८ अंक लिएर शीर्षस्थानमा यथावत छ । वल्भस ७ अंकसहित १३औं स्थानमा छ ।
प्रिमियर लिग अन्तर्गत आज राती १०ः१५ बजे टोटेनहाम र लिभरपुल भिड्दै छन्। लिभरपुल विजयी भएमा पहिलो स्थानमा उक्लनेछ ।




