सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला
समन्वय समिति कास्कीको आयोजना, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्य
तथा RIGHT FOR CHILDREN संस्थाको सहयोगमा जिल्ला कास्की पोखरा म.न.पा.
वडा नं.६ स्थित रहेको होटल डेण्डलियनको सभाहलमा, बैदाम स्थितमा रात्रि
कालिन रूपमा सञ्चालित व्यवसायहरूसँग ९डान्स बार, क्लव, दोहोरी तथा होटल०
आबद्ध महिला कर्मचारीहरूका साथै सञ्चालकहरूलाई कार्यस्थलमा हुन सक्ने महिला
हिंसा, यौन दुर्व्यवहार तथा अन्य महिला माथी हुन सक्ने विविध घटनाहरूको
विषयमा सुरक्षात्मक एवं कानुनी सचेतना मूलक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम
सम्पन्न गरिएको ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाको
प्रमुख आतिथ्यता तथा पोखरा महानगरपालिका वडा नं.६ का वडा अध्यक्ष विष्णु
भट्टराई, पोखरा स्थित सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, विभिन्न संघ
संस्थाका प्रतिनिधि, होटल व्यवसायी तथा सञ्चालकहरू लगायत अन्य भद्रभलाद्मी
गरी अन्दाजी २१० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको । सो
कार्यक्रममा यस कार्यालयका प्र.ना.उ.श्रवण कुमार वि.क.ले सुरक्षात्मक एवं कानुनी
सचेतना मूलक प्रशिक्षण प्रदान गर्नु भएको तथा प्र.नि. समिक्षा घिमिरे र अभिवक्ता
कुन्जनी परियारले समेत अन्तरक्रिया गर्नु भएको ।
जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा रात्रि कालिन व्यवसायमा आबद्ध महिला कर्मचारीहरूलाई प्रशिक्षण प्रदान
जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा रात्रि कालिन व्यवसायमा आबद्ध महिला कर्मचारीहरूलाई प्रशिक्षण प्रदान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




