पोखरा ।
इन्स्टिच्युड फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिर्सच (आइएसएसआर) र
खबरहबले पोखरामा नेपालको आर्थिक विकासका विषयमा कार्यक्रम सम्पन्न गरेको छ
। कार्यक्रममा जापानका पूर्वगर्भनर एवम् एसियाली विकास बैंकका पूर्वप्रमुख
प्रो.हारुहिको कुरुडाले नेपालमा आर्थिक विकासका धेरै सम्भावनाहरु भएको उल्लेख
गरे ।
“नेपालले छिमेकी मुलुक चीन र भारतबाट सहयोग लिन सक्छ । प्राकृतिक
सम्भावनाहरु पनि थुप्रै छन् । जसले अर्थतन्त्र विकासका लागि ठूलो भूमिका निर्वाह
गर्नसक्छ ।”, उनले भने ।
हिमाल, खोलानालालाई अन्तर्राष्ट्रिय ब्राण्डिब गर्नुपर्ने आवश्यकतालाई उनले
औंल्याएका छन् । नेपालको भौगोलिक अवस्थालाई अन्तर्राष्ट्रिय स्तरमा
प्रचारप्रसार गरि लाभ लिन सकिने धारणा उनको छ ।
गण्डकी प्रदेश सरकारका अर्थमन्त्री जीतप्रकाश आलेमगरले नेपालको अर्थतन्त्रको
विकास लागि धेरै सम्भावना भएता पनि नीतिगत तहमा चुकेकाले प्रगति हुन नसकेको
उल्लेख गरे । उनका अनुसार नीतिगत तह सबल भए अर्थतन्त्र सुधार गर्न सकिन्छ ।
कार्यक्रममा प्रो.विन्दुनाथ लोहनी र आइएसएसआरका निर्देशक नरेश श्रेष्ठ
लगायतले आफ्नो धारणा राखेका थिए ।
पोखराका व्यवसायिक तथा आर्थिक क्षेत्रका १५० भन्दा बढीको सहभागिता रहेको
कार्यक्रमलाई नेप्लीज इन्टरपेनर्स फोरम पोखरा च्याप्टरले स्थानीय रुपमा
समन्वय गरेको थियो ।
आइएसएसआरद्वारा पोखरामा नेपालको आर्थिक विकासका विषयमा कार्यक्रम
आइएसएसआरद्वारा पोखरामा नेपालको आर्थिक विकासका विषयमा कार्यक्रम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




