पोखरा ।
पोखरामा नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल प्रतियोगिता–
२०८०’ सुरु भएको छ ।
राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रब्गशालास्थित कभर्ड हलमा आज (
शनिबार) देखि फुटसल प्रतियोगिता सुरु भएको हो ।
उद्घाटन खेलमा सबिन मेमोरियल एफसीले बि–१३ बाझापाटनलाई २–१
गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
सबिन मेमोरियलको जीतमा अभिनाश तामाब र अंकित गुरुबले समान १÷१ गोलको
योगदान दिए भने बि–१३ को तर्फबाट रामकृष्ण श्रेष्ठले १ गोल फर्काए ।

यस्तै दोस्रो खेलमा शिशुवा भद्रकाली एफसीले ड्रिमर्स एससीलाई ६–३ गोल
अन्तरले हराउँदै प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे ।
शिशुवा भद्रकालीको जितमा युनिक तामाबले ह्याट्रिक पुरा गरे भने प्रनिश गुरुब,
प्रविन गुरुब र मनिल गुरुबले समान १÷१ गोल गरे ।
यता ड्रिमर्सको तर्फबाट प्रज्वल शाही (लक्ष्मण), सुरज गुरुब र धिरज मगरले १÷१
गोल फर्काए ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै अखिल नेपाल फुटबल संघका निवर्तमान
अध्यक्ष कर्मा छिरिब शेर्पाले नेपाली फुटसलको विकासमा यस प्रतियोगिताले टेवा
पुर्याउने धारणा व्यक्त गरे ।
उनले आगामी प्रतियोगितालाई व्यवसायिक बनाउनका लागि ठुला कम्पनीहरुलाई
जोड्नुपर्नै बताउदै आफुले पनि सहकार्य गर्न तयार रहेको बताए । सो
प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न टेवा पुर्याउने बताउदै निरन्तरता
दिनुपर्ने बताए ।
उनले आफ्नो कार्यकालमा नेपालमा पहिलोपटक राष्ट्रिय फुटसल लिग
आयोजना गरेको स्मरण गर्दै वर्तमान नेतृत्वको सरकारले पनि निरन्तरता दिनुपर्ने
उल्लेख गरे ।
‘मेरो नेतृत्वमा पर्यटकीय राजधानी पोखरामा राष्ट्रिय लिग सम्पन्न गरेका
थियौं, उनले भने, ‘अहिलेको सरकारले पनि यस्तो खालको प्रतियोगितालाई
सहजीकरण र व्यवस्थापन गर्न जरुरी छ । र राष्ट्रिय लिगलाई पनि निरन्तरदा दिन
आवश्यक छ ।’
प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५ लाख
प्रदान गरिने प्रतियोगिता संयोजक आशिष क्षेत्रीले जानकारी दिए । उनका अनुसार
उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३ लाख प्रदान गरिनेछ
। यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ५० हजार र ट्रफिले पुरस्कृत
गरिनेछ भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद राशीद्वारा पुरस्कृत
गरिनेछ ।
आगामी ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट कुल १४ टिमको
सहभागिता रहेको छ ।




