भेरोनासँग बराबरीमा रोकिएपछि साबिक विजेता युभेन्टस शीर्ष स्थानमा रहेको इन्टर मिलानसँग ७ अंकले पछि परेको छ
दोस्रो हाफको सुरुवातमा क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतले आन्द्रे पिर्लोको टोलीले खेलमा अग्रता बनाएको थियो । यो सिजन लिगमा उनको १९ औँ गोल थियो । उनी सिरिए ए को गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका छन् ।
तर, खेलको ७७ औँ मिनेटमा निरस खेल प्रदर्शन गरेको युभेविरुद्ध एन्टोनिन बाराकले बराबरी गोल फर्काए । खेलको अन्त्यतिर वोजिएक सिजेस्सीले डार्को लाजोभिचको प्रहारलाई सुन्दर बचाऊ गर्दै युभेलाई हारबाट जोगाए ।
अब आइतबार जेनोआलाई हराए इन्टरले पछिल्लो ९ पटकको विजेता युभेलाई १० अंकले पछि पार्नेछ ।
भेरोनासँग बराबरीमा युभेन्टस इन्टर मिलानसँग ७ अंकले पछि
भेरोनासँग बराबरीमा युभेन्टस इन्टर मिलानसँग ७ अंकले पछि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




