• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

फाइनलमा २ बलमा २ रन चाहिएको स्थितिमा वसिल हम्मिदले छक्का प्रहार गर्दै  त्रिकोणात्मक टि२० आई सिरिजको युएई च्याम्पियन

  •  संवाददाता
  • शुक्रबार, कार्तिक १०, २०८० मा प्रकाशित
    Advertisement

    त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेपाललाई ४ विकेटले हराउँदै युएई च्याम्पियन बनेको छ । अत्यन्तै रोमाञ्चक बनेको फाइनल खेलमा २ बलमा २ रन चाहिएको स्थितिमा वसिल हम्मिदले छक्का प्रहार गर्दै टोलीलाई च्याम्पियन बनाए । उनी १६ बलमा २ छक्का प्रहार गर्दै २२ रनमा नटआउट रहे । आयान अफजल खान ५ रनमा नटआउट रहे ।

    १६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १९।५ बलमा ६ विकेट गुमाउँदै जित हासिल गरेको हो । युएईले पहिलो ओभरको पहिलो बलमै फ्रि–हिट पाएसँगै निकै सुखद् सुरुवात भयो । ओपनर तथा कप्तान मोहम्मद वासिम र आर्यान्स शर्माले ४७ बलमा ७१ रनको उत्कृष्ट साझेदारी गरे ।

    गुल्सन झाले सातौं ओभरको पाँचौ बलमा महत्वपूर्ण विकेट लिए । उनले वासिमलाई बोल्डआउट गरे । वासिमले २२ बलमा ७ चौका र २ छक्कासहित ४५ रनको उत्कृष्ट पारी खेलेका थिए ।

    दशाँैं ओभरको तेस्रो बलमा आर्यान्स क्याचआउट हुन पुगे । कुलश मल्लको बलमा ठूलो सट खेल्ने धुनमा रहेको आर्यान्स सन्दिप जोराबाट क्याचआउट हुन पुगे । आर्यान्सले २६ बलमा २ चौकासहित २५ रन बनाए ।

    ११ औ ओभरको पाँचौ बलमा आसिफ खान क्याच आउट हुन पुगे । गुल्सन झाको बलमा अभिनाष बोहोराबाट क्याच आउट हुन पुगे । आसिफले ६ बलमा १ छक्कासहित ७ रन बनाए । १५ औं ओभरको तेस्रो बलमा अलिसान सराफु आउट भए । अभिनाष बोहोराको बलमा कुशल भुर्तेलबाट उनी क्याच आउट भए । सराफुले १३ बलमा २ चौकासहित १३ रन बनाए ।

    विर्तिया अर्भिन्द एक रनमा रनआउट भए । १६ औं ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरीले रनआउट गराए । अर्भिन्दले २५ बलमा ३ चौकासहित २६ रन जोडे । १९ ओभरको चौथो बलमा अलि नासिर आउट भए । अभिनाष बोहोराले बोल्ड आउट गरे । नासिरले ९ बलमा १ चौकासहित ११ रन बनाए ।

    नेपालका लागि गुल्सन झा र अभिनाष बोहोराले समान २÷२ तथा कुशल मल्लले १ विकेट लिए ।

    त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६२ रन बनाउन सफल रह्यो । नेपालका लागि करण केसी २३ रनमा नटआउट रहे । उनले १७ बलमा २ चौका र १ छक्का प्रहार गरे । अभिनाष बोहोरा शुन्यमा क्रिजमा रहे ।

    नेपालका लागि कुशल भुर्तेलले अर्धशतक योगदान दिए । कुशलले २८ बलमा अर्धशतक पुरा गरेका हुन् । कुशल जाहोर खानको बलमा बोल्ड आउट हुन पुगे । कुशलले २९ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । नेपालले पहिलो विकेटको रुपमा आसिफ शेखलाई गुमायो । आसिफ १२ बलमा १ चौका सहित ७ रनमा बोल्ड आउट हुन पुगे। उनी आयान अफजल खानको पाँचौ ओभरको छैटौं बलमा बोल्ड भएका हुन् । नेपाल ४३–१ को स्थितिमा पुगेको थियो ।

    लगत्तै सातौं ओभरको चौथो बलमा कुशल मल्ल बोल्डआउट भए । कुशलपनि आयानकै बलमा आउट भए । कुशल एक रनमा आउट भए ।
    कप्तान रोहित पौडेल १३ औं ओभरको पहिलो बलमा क्याचआउट हुन् पुगे । उनी अलि नासिरको बलमा आउट भएका हुन् । रोहितले १६ बलमा १ चौका प्रहार गर्दै १८ रन बनाए ।

    नासिरले सोही बलको चौथो बलमा दीपेन्द्र सिंह ऐरीलाई बोल्ड आउट गराए । दीपेन्द्रले १५ बलमा १ चौका र १ छक्कासहित २० रन बनाए । उक्त ओभरमा नेपालले महत्वपूर्ण दुई ब्याटर गुमाउन पुग्यो । त्यो संगै नेपाल १०९–५ को स्थितिमा पुगेको थियो ।

    सोह्रौं ओभरको पहिलो बलमा सन्दिप जोरा उत्कृष्ट क्याचको सिकार हुन पुगे । जाहोर खानको बलमा मुहम्मद वासिमबाट उनी क्याच आउट हुन पुगे । सन्दिपले १० बलमा १ चौकासहित १० रन बनाए ।

    सत्रौं ओभरको पहिलो बलमा गुल्सन झा क्याच आउट हुन पुगे । जुनियाद सिद्धिक्युको बलमा वासिमबाट क्याच आउट हुन पुगे । उनले ८ बलमा ५ रन बनाए । आयानको १८।४ बलमा सोमपाल बोल्डआउट भए । सोमपालले ८ बलमा २ चौका प्रहार गर्दै १३ रन बनाए ।

    युएईका लागि आयान अफजल खानले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । अलि नासिर र जाहोर खानले समान २÷२ विकेट लिए । जुनियाद सिद्धिक्युले एक विकेट लिए ।

    शुक्रबार, कार्तिक १०, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.