प्रथम खुल्ला लामाचौर कप फुटबल जारी, दोस्रो दिन दुई खेल सम्पन्न एल सी ब्रदर्श लामाचौरको आयोजनामा जारी प्रथम खुल्ला लामाचौर कप फुटबल प्रतियोगिताको दोस्रो दिन २ खेल सम्पन्न भएका छन ।
पोखरा १९ गोष्ते घाट फुटबल मैदानमा भएको दोस्रो दिनको पहिलो खेलमा शितल ज्योती युवा क्लबले आयोजक एल सी ब्रदर्शलाई ३–१ गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । शितल ज्योती युवा क्लबका सन्दिप गुरुङले खेलको २४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यस्तै खेलको २५ औं मिनेटमा सचिन गुरुङ र ३४ औं मिनेटमा युनिक तामाङले गोल गर्दै ३–० को अग्रता दिलाएका थिए भने आयोजक एल सी ब्रदर्शको तर्फबाट खेलको अन्तिम मिनेटमा दिपक गोलले १ गोल गरेका थिए। खेलको म्यान अफ द म्याच शितल ज्योतीका सचिन गुरुङले प्राप्त गरे ।
दोस्रो खेलमा आदर्श युवा क्लबले संगम क्लबलाई ३–० गोले हरायो । संगम क्लबको जितमा राज कुमार कुँवरले खेलको १०औं मिनेटमा, टाईसन तामाङले ४६औं र अञ्जन मगरले एकएक गोल गरेका थिए। आदर्श युवा क्लबका विकास मगर खेलको म्यान अफ द म्याच हुन सफल भए। १४ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख र दोस्रो हुने टोलीलले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता कार्तिक २५ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको तेस्रो दिनको(भोली) पहिलो खेल एल जी एसोसिएशन र हेम्जा युनाइटेड बिच हुनेछ भने दोस्रो खेल रञ्जन मेमोरियल र ढिकुर पोखरी युवा समाज बिच हुनेछ।




