• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

भुकम्पले गर्दा छैन खाने अन्नको गेडा, त्रिपालमुनिबाट राहतको प्रतिक्षा

  •  संवाददाता
  • मङ्गलबार, मंसिर ०५, २०८० मा प्रकाशित
    Advertisement

    गएको कात्तिक १७ गते राती गएको भूकम्पले जाजरकोटको भेरी नगरपालिका–१ घुयलनेटा तहसनहस भयो। अहिले घुयलनेटाको पूरै गाउँ शोकमा रहेको छ। घाइते भएका र मृतकका आफन्तहरु अहिले पनि सामूहिक रुपमा त्रिपालमा बसेका छन्।

    भूकम्प नआए पनि उनीहरुको मनमा धेरै पटक भूकम्प गएझैँ हुने गरेको छ। यो सदरमुकामभित्रको पालिका भए पनि अति दुर्गम बस्ती हो। जनयुद्धकालमा समेत यहाँका बस्तीमा धेरै पटक बमबारी गरिएको थियो। पटकपटक पीडा खेप्दै आएको यो गाउँ फेरि भूकम्पको मारमा परेको छ।

    त्यस दिन आफ्नै आँखा अगाडी घाइते भएकी छोरी एकमाया राना प्रदेश अस्पतालमा उपचार गराएर अहिले आफ़ूसंगै त्रिपालमुनिको बासमा देख्दा देउमाया रानाको मनमा केही खुशी छ। तर त्यो खशी भन्दा पनि बढी पीडा कालको मुखबाट फर्किएकी छोरी एकमायालाई कसरी रोग, भोक र जाडोबाट बचाउने भन्ने छ।

    लामो उपचार पछि घर फर्किएकी एकमाया अहिले पनि हिँडदा भूकम्प आए जस्तै झस्कने गर्छिन्। तैपनि उनी आमा देउमायालाई कुटो, कोदालो लगायतका घरेलु औजार प्रयोग गरेर भग्नावशेष बनेको आफ्नो घर भित्रबाट मालसामान निकाल्न सहयोग गरिरहेकी छिन।

    त्यति बेला घरभित्र रहेका कुनै पनि सामान निकाल्न नपाएकी देउमायाको १० जनाको परिवार स्थानीय विद्यालयको चौरमा त्रिपाल टाँगेर बसिरहेको छ।

    छिमेकी कर्णबहादुर रानाले त उक्त भूकम्पमा दाजु नै गुमाए । माटाले बनाइएका कच्ची घरमा सुतेका कर्णका दाइ रविन्द्रलाई त्यही भूकम्पले यस संसारबाट चुँडेर लग्यो।

    डाँडामाथिको बसाइका कारण बालबालिकामा आँखा पाक्ने रोगसमेत देखा पर्न थालेको स्थानीय कलिमान रानाले बताए।

    भेरी नगरपालिका–४ खलंगास्थित कस्तुरी बोर्डिङ स्कुल प्रांगणमा एक सातादेखि १८ दिनकी सुत्केरी विमला तिरुवाको दैनिकी त्रिपालमा बितिरहेको छ। एक त चिसो त्यसमाथि चाहिने स्याहारसुसार नपाउँदा आमाका साथै नवजात दुवै बिरामी छन्।

    त्रिपालको चिसोले आमा र नवजात दुवैका मुख, आँखा, हातखुट्टा सुनिएको अवस्था छ। कुशे गाउँपालिका–९ निवासी १८ वर्षीया उनी सदरमुकामस्थित गोरख तिरुवामा भाडामा बस्दै आएकी थिइन्। भूकम्पले भाडामा बसेको घर भत्किएपछि अहिले त्रिपालमा बसेकी छन्।

    भूकम्प जानुभन्दा ३ दिनअघि मात्र सुत्केरी भएकी उनी दैवले हात थाम्दा बाँचेको बताउँछिन्। पति वीरेन्द्र ज्याला मजदुरी गरेर ५ जनाको परिवारको गुजारा चलाउँदै आएको उनले बताइन्।

    कठ्याँग्रिने जाडोमा भुकम्पपीडितको त्रिपालमुनिका बास
    कठ्याँग्रिने जाडोमा भुकम्पपीडितको त्रिपालमुनिका बास
    भूकम्प गएदेखि त्रिपालको सहारामा रहेको यो परिवारले भाडामा बस्न घर पाएको छैन। यो परिवार अहिले कामविहीनमात्र भएको छैन, घरमा खानेकुरासमेत नभएर पीडामा छ।

    त्रिपालमै बसिरहेको अर्को परिवार हो हेमन्तजंग सिंहको परिवार। यो परिवारलाई पनि तिरुवा परिवारको जस्तै समस्या रहेको छ। एउटा त्रिपालभित्र परिवारका सबै सदस्य बस्दा समस्या हुँदै आएको छ। साना नानी बाबु चिसोले बिरामी भएका छन् भने ठूलालाई समेत त्रिपालमा बस्न मुस्किल परिरहेको छ।

    भेरी नगरपालिका–१ डिँगाकी २१ वर्षीया पुष्पा सिंहको २ महिनाअगाडि मात्र निर्माण गरेको घर भूकम्पले भत्काएपछि त्रिपालमा बस्दै आएकी छन्। २ महिनाको छोरासहित त्रिपालमा बसेकी उनको दैनिकी पनि समस्याग्रस्त छ।

    ‘छोरीलाई आँखा पाकेर हैरान बनाएको छ। रातभर सुत्दैन‚’ उनले भनिन्‚ ‘अरु नदेखिने समस्या त हामीलाई थाहा छैन‚ घर भत्किँदा भाग्यले बाँचियो तर त्रिपालको सहारामा कसरी बाँच्ने हो थाहा छैन।’

    उनले त्रिपालमा शीत चुहिने भएकाले शिशुसहित परिवार नै विरामी भएको बताइन्। ​‘त्रिपालबाट शीत चुहिएकाले छोरी बिरामी परेकी हो। न अन्न छ न जीउ ढाक्ने कपडा नै। घर भत्किएर लत्ताकपडा र खाद्यान्न सबै पुरियो अब के खाएर बाँच्ने रु‚’ उनले भनिन्‚ ‘राहतका नाममा अहिलेसम्म त्रिपालबाहेक केही पाएका छैनौं। चिसो र भोकले मर्ने बेला भो।’

    त्रिपालमा बसेका धेरै सुत्केरी र बालबालिकाहरूमा रुघाखोकी ज्वरो, निमोनियालगायत समस्या देखिन थालेको नलगाड नगरपालिका–१ पालीकी कल्पना विकले बताइन्। उनले सुत्केरी, गर्भवती र बालबालिकालाई पोषिलो खानेकुराको कमी भएको बताइन्।

    ‘जाजरकोटका ९५ प्रतिशत मानिस घरबाहिर छन्। शौचालयहरू भत्किएका छन्। पोषिला खानेकुराको अभाव छ। सुत्केरी, गर्भवती, वृद्धवृद्धा र बालबालिका विरामी पर्न थालेका छन् उपचारको व्यवस्था हुन सकेको छैन। शौचालय नहुँदा बस्तीनजिक खुला ठाउँमा शौच गर्न थालिएको छ। धेरै मानिसहरू मानसिक रूपमा डराइरहेका छन्। धेरैलाई मनोसामाजिक परामर्श दिनुपर्ने अवस्था छ‚’ नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए।

    उनले गर्भवती र सुत्केरीलाई तत्काल पोषिला खानेकुरा दिएर रोग प्रतिरोध क्षमता बढाउनुपर्ने अवस्था रहेको बताए। स्वास्थ्य संस्थामा पनि स्वास्थ्यकर्मी र औषधिको व्यवस्थाका लागि पहल भइरहेको उनले बताए।

    स्वास्थ्य सेवा कार्यालय जाजरकोटकी निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा। प्रतीक्षा भारतीले चिसोले धेरै बालबालिका बिरामी पर्न थालेको बताउँदै उपचारको व्यवस्था मिलाउन सम्बन्धित पालिका र स्वास्थ्य संस्थालाई आग्रह गरिएको बताइन्।

    पालिकाका स्वास्थ्य संस्थासमेत त्रिपालमा सञ्चालन भएकाले सबैलाई एकैपटक उपचार गर्न सम्भव नहुने देखिएको छ। नलगाडको नगर अस्पताल त्रिपालमा चलिरहेको छ। बिरामीलाई भर्नादेखि उपचारसम्म सबै काम त्रिपालमा भइरहेको छ।

    बारेकोटको लिम्सास्थित १० शय्याको अस्पतालसमेत त्रिपालमा नै सञ्चालन भइरहेको छ। जाजरकोटमा ६ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा स्वास्थ्य संस्थामा भूकम्पले क्षति गरेको छ।

    मङ्गलबार, मंसिर ०५, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.