• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

केपी ओली कप राष्ट्रिय टि-२० क्रिकेट एपिएफ विरुद्ध गण्डकीको रोमाञ्चक जित

  •  संवाददाता
  • शुक्रबार, मंसिर ०८, २०८० मा प्रकाशित
    Advertisement

    प्रथम केपी ओली कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको दोश्रो खेलमा गण्डकीले एपिफ विरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।

    मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भएको उक्त प्रतियोगितामा गण्डकी विभागिय टोली शसस्त्र प्रहरीबलको एपिएफ क्लवलाई ४ विकेटले जितेको हो । गण्डकीले अन्तिम २ बल बाँकी हुँदै १०२ रनको लक्ष्य भेट्टाएको थियो । गण्डकीले १९.४ ओभरमा ६ विकेट गुमाउँदै १०४ रन बनायो ।

    टस हारेर व्याटिङको निम्तो पाएको एपिएफले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको थियो । गण्डकीका बलरहरुले आफ्नो होम ग्राउण्डमा उत्कृष्ट बलिङको नमुना पेश गर्दै एपिएफलाई दवावमा राखेका थिए । एपिएफका कप्तान प्रदिप ऐरीले २३ बलमा २० रन जोडे । उनले २ चौका १ छक्का प्रहार गरे । उनी कमल परियारको बलमा एलविडव्लु धरापमा परे । एलविडव्लु डिसिजनमा आउट भएका अर्का ओपनर आशिफ शेखले १२ रन जोडे । उनलाई विपिन खत्रीले आउट गरे । भुवन कार्की र सुमित महर्जनले एपिएफका लागि १४–१४ रन बनाउँदा लोकेश वमले १२ रन जोडे ।

    गण्डकीका लागि म्यान अफ दि म्याच समेत रहेका अमृत गुरुङ, विपिन खत्री, चन्द्र पौडेल, र कमल परियारले समान २–२ विकेट हात पार्दा दिनेश वुढामगर र सुदिप अर्यालले १–१ विकेट लिए ।

    अन्तिम ओभरको खेल चलिरहँदा लागतार दुई विकेट गुमाउँदै लरखराएको गण्डकीलाई अमृत गुरुङले छक्का प्रहार गर्दै जित दर्ता गराएका थिए । जवाफी व्याटिङका लागि उत्रिएको गण्डकीले स्कोर वोर्डमा २६ रन जोड्दा पहिलो विकेट गुमाउन पुग्यो । ओपनर किरण पौडेल ७ रनमा अमर रौतेलको बलमा पेभिलिएन फर्किदा अर्का ओपनर गौरव विकले ११ रनको व्यक्तिगत स्कोरमा इरशाद अहमदको बलमा सन्दिप जोराको हातबाट क्याच आउट हुन पुगे ।

    त्यस्तै गण्डकीका लागि मुस्कान थापाले सर्वाधिक २६ रन जोडे । उनलाई अभिनाश बोहरा बोल्ड गरे । अभिनाशकै बलमा आउट भएका दिनेश बुढामगरले २४ रन बनाए भने अभिशेक थापा ११ रन बनाउँदै नटआउट रहे ।

    पोखरा रंगशालामा दुई खेल सञ्चालन हुनेछन् । पहिलो खेल आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’ र दोश्रो खेल नेपाल पुलिस क्लव र मधेश प्रदेशका विच हुने एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले जानकारी दिएका छन् ।

    प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहति मेडल र ट्रफि प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्याटर र बलरले जनही नगद २०–२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिता १५ गते सम्म सञ्चालन हुनेछ ।

    बागमती सेमीफाइनलमा

    पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोश्रो जित दर्ता गरेको छ ।

    बागमतीले आफ्नो दोश्रो जित दर्ता गर्ने क्रममा कर्णाली प्रदेशलेलाई ९० रनले पराजित गरेको हो । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा टस जितेर व्याटिङमा उत्रिएको बागमतीले ६ विकेटको क्षतिमा १८९ रनको विशाल स्कोर खडा गरेको थियो ।

    बागमतीका लागि रित गौतम र इशान पाण्डेले व्यक्तिगत अर्धशतकीय पारी खेले । खेलमा इशान म्यान अफ दि म्याच घोषित भए । बागमतीका लागि रित र इशानले १४३ रनको साझेदारी गरे । रितले १० चौका र २ छक्का प्रहार गर्दै ५९ बलमा व्यक्तिगत ८२ रनका योगदान दिंदा यस्तै इशानले चार चौका र छ छक्काकोे मद्धतले ३८ बलमा ७० रन बनाए ।

    प्रतिश जिसी भने १२ रनमा नटआउट रहँदा टिम कप्तान समेत रहेका सन्दीप लामिछाने भने शुन्य रनमा पेभिलियन फर्किन पुगे । उनी दिनेश अधिकारीको बलमा बोल्ड भए ।

    कर्णालीका लागि दिनेश अधिकारीले ३ विकेट लिए ।

    जवाफी व्याटिङ गरेको कर्णाली भने १७।३ ओभर खेल्दै ९९ रनमा अलआउट हुन पुग्यो । बागमतीका लागि ३।३ ओभरमा सन्दीप लामिछानेले ९ रन दिंदै ४ विकेट हात पार्दा कर्णाली धराशायी बन्यो ।

    कर्णालीका कप्तान रविन्द्र शाही १९ बल खेल्दै ३ चौकासहित २० रन बनाए । यस्तै अर्जुन घर्तीले २३ बल खेल्दै ३ चोका र १ छक्का हान्दै २४ रनमा बनाए । विपिन शाही २१, दिपेन्द्र रावत १२ रन जोडे । अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् ।

    बागमतीका लागि दिपेश श्रेष्ठले २ विकेट लिन सफल भए । त्यसै गरि प्रतिश जिशी, रिजन ढकाल, सुवास खत्री र इशान पाण्डेले समान १–१ विकेट हात पारे ।

    पोखरा रंगशालामा दुई खेल सञ्चालन हुनेछन् । पहिलो खेल आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’ र दोश्रो खेल नेपाल पुलिस क्लव र मधेश प्रदेशका विच हुने एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले जानकारी दिएका छन् ।

    प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहति मेडल र ट्रफि प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्याटर र बलरले जनही नगद २०–२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिता १५ गते सम्म सञ्चालन हुनेछ ।

    शुक्रबार, मंसिर ०८, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.