पोखरा, १८ मंसिर
नेपाली रक ब्याण्ड ज्ञढठद्ध ब्म् व्याण्डले पोखरामा कन्सर्ट गर्ने भएको छ । मंसिर
२३ गते पोखराको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा लाईभ कन्सर्ट मार्फत
दर्शकलाई मनोरञ्जन दिनेछ । कन्सर्टमा नयाँ तथा पुराना गीत सुनाउदै व्याण्डले
चिसो माहोललाई गर्माउने तयारीमा छ ।
व्याण्डमा एड्रियन प्रधान, सञ्जय श्रेष्ठ, फिरोज स्याङदेन, निराकार याक्यथुम्बा र मनोज कुमार के.सी रहेका छन् ।
यो व्याण्ड १९९० को प्रारम्भमा काठमाडौंबाट गठन भएको थियो । व्याण्डले
नेपाली लोक, राग, रक, फङ्क, ब्लुज र ज्याज लगायत विभिन्न विधाका सङ्गीत प्रयोग
गर्दै आएको छ ।
व्याण्डका “नेपाली,” “सम्बोधन,” “पहिलो ज७३घढसनिमा,” “परेलिमा,”
“साँझी बसु” र “चुडैना तिम्रो मायाले” लगाएका गीतहरू नेपाली संगीतमा
हिट छन् । उनीहरुको सर्वाधिक बिक्रि भएको एल्बम सताब्दीको ‘नेपाली हो’
गीत अहिलेसम्मकै सबैभन्दा बढी देशभक्ति पुर्ण व्यावसायिक गीत मानिन्छ ।
मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । कार्यक्रमको टिकट १ हजार रहेको बार
म्यानेजर हरि पौडेलले बताए । उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम
टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए ।
प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा करिब १ हजार जनाको क्षमता रहेको पौडेलले
बताए । उनले फेवा फन्ट, बाल्कुन्नी लगाएका ठाउँबाट फेवाताल र शान्ती
स्तुप, रानी बनको दृश्य हेर्न सकिने बताए । म्य७३घढसजीक सगैँ खानामा रमाउन सकिने
पौडेले बताए ।




